सहमतिबिनाको राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्याधेश एमालेलाई अमान्य

काठमाडौं– नेकपा एमालेले राजनीतिक सहमति नभई सरकारले ल्याएको राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश मान्य नहुने चेतावनी दिएको छ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रपति कार्यालयमा विचाराधिन राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेशमा छिटो राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह समेत गरेका छन् ।

सरकारले आफूहरुसँग गरेको सहमति विपरित राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश राष्ट्रपति समक्ष पेश गरेकोमा महासचिव पोखरेलको आपत्ति छ । उनले शुक्रबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै दलीय सहमतिको आधारमा मात्रै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश अघि बढाउन बुद्धिमत्तापूर्ण हुनेतर्फ पनि प्रधानमन्त्री देउवालाई सचेत गराए ।

महासचिव पोखरेलले सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले स्वीकृति दिएपनि त्यो संसदबाट फेल हुने भएकाले त्यसो गर्न नहुने सुझाव पनि सरकारलाई दिए । महासचिव पोखरेलले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी ओलीले गर्ने पनि स्पष्ट पारेका छन् ।

उनले निर्वाचनको परिणाम, राष्ट्रिय राजनीतिमा ओलीको खेलेको भूमिका र मुलुकको आवश्यक्तालाई हेर्दा पनि ओलीनै प्रधानमन्त्री हुनेमा विवाद नहुने तर्क पनि गरे । महासचिव पोखरेलले नयाँ सरकार जनताको चाहना र मुलुकको आवश्यक्ता अनुसार अघि बढने पनि बताए । महासचिव पोखरेलले नयाँ सरकार गठन प्रक्रिया र माओवादी केन्द्रसँगको पार्टी एकता सँगसँगै अघि बढने पनि स्पष्ट पारे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice