ईश्वर पोखरेलको फरक मत,संसदीय दलको नेता र पार्टी अध्यक्ष दुवै ओली

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकतापछि बन्ने एकीकृत पार्टीको अध्यक्ष र संसदीय दलको नेता केपी शर्मा ओली नै हुने बताएका छन् ।

एमाले र माकेको एकता कसरी होला, ओली र प्रचण्डले कसरी जिम्मेवारी बाँडफाँड गर्लान भन्ने चर्चासँगै विभिन्न तर्क र बहस चलिरहेको बेला पोखरेलले सो कुरा बताएका हुन् । उनले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै ओली हुने दाबी गर्दै पार्टीमा बहुकेन्द्र सम्भव नभएको समेत बताएका छन् ।

महासचिव पोखरेलले माओवादी जनयुद्धलाई हिंसाको बाटो भन्दै त्यो औचित्यपूर्ण नभएको दाबी समेत गरेका छन् । एमालेका महासचिवले नै यस्तो अभिव्यक्ति दिएपछि माओवादी केन्द्रका नेताहरु सशंकित भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice