एआइजी चन्द र नवराज सिलवालबीच टेलिफोनमा के कुराकानी भयो ?

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आयुक्त एआईजी जयबहादुर चन्दले नवनिर्वाचित सांसद नवराज सिलवाललाई टेलिफोन गरेर बधाई दिएका छन् ।

चन्दले मंगलबार विहान टेलिफोनमार्फत सिलवाललाई जय नेपाल भन्दै बधाई दिएको चन्दनिकट स्रोतले बतायो । उनले विगतमा परिस्थितीले जे जस्तो भएपनि आगामी दिनमा सहकार्य गरेर अघि बढ्न तयार रहेको समेत स्पष्ट पारेका थिए ।

जवाफमा सिलवालले आफू कसैप्रति पूर्वाग्रही नबन्ने र आफ्नो लागि पद ठूलो कुरा नरहेको भन्दै आईजीपीमा रोकेर सांसद बन्ने अवसर जुराइदिएकोमा चन्दलाई धन्यवाद दिएको स्रोतले जानकारी दियो ।

‘आईजीपी प्रकरणमा त्यति ठूलो वैमनश्यता हुँदा पनि चन्द सापले सिलवाल सापसँग खुलेरै कुरा गर्नुभयो । सिलवाल सापले पनि सकारात्मक जवाफ दिनुभयो । अगाडि सहकार्य गरेर जानुपर्छ भन्ने समझदारी पनि भएको छ,’ चन्दनिकट एक प्रहरी अधिकृतले भने ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice