ओलीले नवराज सिलवाललाई गृहमन्त्री बनाउलान त ? यस्ता छन् चुनौती र सम्भावनाहरु

सन्तोष दहाल


काठमाडौँ । भनिन्छ,केपी ओलीको बोली गोली नै हो।उनले कुनै कुरा बोलेपछि तरङ्ग मात्र ल्याउदैनन,पुरा पनि गरिहाल्छन।ठूलो सपना पनि देख्ने र उक्त सपना पुरा गर्नका लागि एक्सनमा पनि जाने केपी ओलीको विशेषता हो। आफू प्रधानमन्त्री भएका बेला भारतले लगाएको नाकाबन्दीमा उनले भारतसंग नझुकी आफ्नो निडरता र स्वाभिमानलाई यसरी उँचो बनाए कि त्यसैको फल उनको पार्टीले स्थानीय निर्वाचन र भर्खरै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा अभूतपूर्व रुपमा प्राप्त गरेको छ।
राष्ट्रिय स्वाभिमानको पक्षमा र अन्यायको विपक्षमा खरो वकालत गर्ने ओलीले नेपाल प्रहरीको आइजीपी प्रकरणमा तत्कालीन डीआइजी नवराज सिलावालामाथि भएको अन्यायको विषयमा कडा अभिव्यक्ति दिईरहे। अन्तत: प्रधानमन्त्री शेरबहादुर देउवाले सिलवाललाई आइजीपी नबनाउने निश्चित भएपछी राजिनामा दिनुअगावै एमालेको तर्फबाट सांसद बनाउने घोषणा गरे। उतिबेला ओलीको उक्त आश्वासनलाई कसैले पनि विश्वास गरेका थिएनन। कतिपयले भने समानुपातिकमा सम्म नाम राख्नसक्ने अनुमान गरेका थिए। तर उनले सिलवाललाई ललितपूर क्षेत्र नं १ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फको उम्मेदवार बनाएरै छोडे।

चुनावमा टिकट पाएपनि नवप्रवेशी सिलवाललाई जीत हासिल गर्नका लागि कठिन ठानिएको थियो। यसअघिका १ नं क्षेत्रका सांसद रहेका अर्थ राज्यमन्त्री उदयसमशेर राणाको राम्रै पकड रहेको क्षेत्रमा उनलाई राम्रो राजनीतिक छवी भएका हेवीवेट नेता मानिन्थ्यो,तर सबैको आशंकालाई गलत साबित गर्दै सिलावालले ६ हजार २ सय बढी मतान्तरले जीत दर्ता गरे।
अब उनको आगामी राजनीतिक भविष्यबारे चर्चा हुन थालेको छ। टिकट दिने बेलामा ओलीले सिलवाललाई सांसद मात्र होइन,विजयी भएपछी बन्ने बामपन्थी सरकारमा गृहमन्त्री समेत बनाउने वाचा गरेका छन् । यही घोषणाले ललितपूरका मतदाताहरुलाई आफ्नो क्षेत्रको सांसद भावी गृहमन्त्री भन्दै प्रभावित पार्न बल पुर्याएको थियो। अझ राज्यबाट उनलाई अन्याय गरेको विषयले पनि मतदाताहरुलाई प्रभावित तुल्याएको थियो। आफूले जितेमा जनतामाथि परेको अन्यायविरुद्ध सदा लड्ने सिलवालले चुनावी क्याम्पियनको दौरानमा गरेको वाचाले पनि मतदातालाई धेरै आकर्षित गरेको आंकलन गर्न सकिन्छ।

अहिलेसम्म बोलेको वाचा पुरा गरेका ओलीले सिलवाललाई गृहमन्त्री बनाउलान त ? यो अब बहसको विषय बनेको छ।एमालेबाट धेरै अनुभवी र पुराना हस्तीहरु चुनाव जितेर आएका छन्। यसअघि गृहमन्त्रीको अनुभव संगालिसलेका भीम रावल,विष्णु पौडेल,जनार्दन शर्मासम्मका आकांक्षी देखिएका छन्। हस्तीहरुलाई पन्छाएर सिलवाललाई गृहमन्त्री दिंदा अरु चिढिनसक्ने अनुमान पनि धेरैको छ, तर बोलेपछी वाचा पुरा गर्ने ओलीले सबैलाई मिलाएर उक्त वाचा पुरा नगर्लान भन्न पनि सकिन्न।

देउवाले आइजीपी बन्नबाट सिलावाललाई अन्यायपूर्वक रोकेकोमा सबैभन्दा गहिरो असन्तुष्टि ओलीले नै प्रकट गरेका थिए।यस घटनाले उनको मन पनि नराम्ररी बिझेको प्रष्ट हुन्छ।ओलीले देउवालाई देखाउनका लागि मात्र भए तापनि सिलवाललाई गृहमन्त्री बनाउन सक्छन।विगतमा एमालेभित्रकै आफ्नै विरोधी बनेका हस्ती युवाहरुलाई देखाउनकै लागि चुनाव हारेका महेश बस्नेत तथा कर्णबहादुर थापालाई समेत मन्त्री बनाउने किसिमको ओलीको विगतका राजहठले पनि उक्त वाचा पुरा हुने सम्भावना देखिन्छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice