रामहरीको विजय हुने अहमतालाई यज्ञराजले आहुती दिए

ओखलढुंगा । ओखलढुंगामा वाम गठबन्धनले संघीय प्रतिनिधिसभासहित दुई सिटमा विजयी हासिल गरेको छ । प्रतिनिधीसभामा वाम गठबन्धनका उम्मेदवार एमाले केन्द्रिय सदस्य यज्ञराज सुनुवार विजयी भए । आइतबार विहान मत गणना सकिँदा सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएा हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३ हजार २७ मत प्राप्त गरेका छन् । सुनुवारले ५ हजार २ सय ५३ मतले खतिवडालाई पछि पारे । ओखलढुंगामा प्रतिनिधि सभातर्फ ६५ हजार ८ सय २१ मत खसेको थियो । खसेको मत मध्ये ४ हजार ७८ मत बदर भएको छ ।

प्रदेश सभा क मा एमालेकै अम्बीरबाबु गुरुङ ७ हजार २ मतान्तरले विजयी भइसकेका छन् ।प्रदेश सभा ख को मत गणना भइरहेको छ । मानेभञ्ज्यांग गाउँपालिकाको मत गणना सकिँदा गठबन्धनका उम्मेदवार मोेहनकुमार खड्काले ३ हजार ७ सय ८५ मत ल्याएर अग्रता कायम गरेका छन् ।

कांग्रेसका प्रदिपकुमार सुनुवारले ३ हजार ७ सय ४१ म्त पाएका छन् । स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीले १ हजार ३ सय ८९ मत ल्याए । मत गणना जारी छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice