देउवा,पौडेल र गच्छादार तीनै जनालाई प्रतिस्पर्धीले उछिने

काठमाडौँ । डडेलधुराबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुरुवाती मतपरिणाममा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टभन्दा पछाडि परेका छन्।

भट्टले देउवालाई झण्डै पाँच सय मतको अन्तरले पछाडि पारेका हुन्। भट्टले ८५३ मत ल्याउँदा देउवाले मात्र ३८७ मत पाएका छन्।

त्यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि तनहुँ १ बाट एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठले पछि पारेका छन् । श्रेष्ठले २२६४ मत प्राप्त गर्दा पौडेलले १७७४ मत मात्र प्राप्त गरेका छन्।

त्यस्तै सुनसरी–३ मा कांग्रेसका विजयकुमार गच्छदारलाई वामगठबन्धनकी भगवती चौधरीले प्रारम्भिक मतगणनामा पछि पारेकी छन्। फोरम (लोकतान्त्रिक) लाई कांग्रेसमा विलय गराएर उम्मेदवार बनेका गच्छदारले १ हजार १ सय ९१ मत पाउँदा एमाले उम्मेदवार भगवती चौधरीले १ हजार ६ सय ४८ मतका साथ अग्रता लिएकी छन्।२०७० को संविधान सभा निर्वाचनमा चौधरी गच्छदारबाट झिनो मतान्तरले पराजित भएकी थिइन्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice