रुकुम पूर्वबाट माओवादी केन्द्रकी महिला उम्मेदवार रोका विजयी

काठमाडौं । रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । रोकाले १० हजार ४३४ मत पाइन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४०६ मत प्राप्त गरे ।

२०३२ सालमा रुकुमको प्वाँङमा जन्मेकी रोका माओवादी जनयुद्धको पहिलो महिला छापामार हुन् ।२०४६ सालदेखि नै राजनीतिमा लागेको बताउने उनी कक्षा १० पढ्दा पढ्दै भूमिगत भएकी थिइन् । उनी २०५२ सालबाट तत्कालीन नेकपा माओवादीमा पूर्णकालीन भइ भूमिगत राजनीति सुरु गरेकी हुन् ।

माओवादीले जनयुद्ध लड्न बनाएको छापामारको उनी सदस्य थिइन् र ठूलाठूला युद्ध मोर्चाहरुको अग्रभागमा रहेर लडिन् । उनी माओवादीको पहिलो महिला छापामार हुन् ।०५३ सालमा माओवादी जिल्ला समितिको सदस्य भएकी कमला ०६१ सालमा माओवादीको केन्द्रीय सदस्य भइन् । अहिले उनी माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य छिन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice