बामगठबन्धनको चुनाबको सभाबाट फर्किदै गरेको ट्याक्टर पल्टिदा १५ जना घाइते

बर्दियाको सैनावारमा ट्याक्टर पल्टिदा १५ जना घाइते भएका छन् । बाम गठबन्धनले सोमवार बर्दियाको भुरिगाउँमा आयोजना गरेको चुनावी सभामा सहभागि भई घर फर्कदै गरेको भे १ त ३५५० नम्बरको ट्रयाक्टर सैनावार चेकपोस्ट नजिकै पल्टिएको हो ।

ट्याक्टर पल्टिदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्य ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाईएको छ । घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज लगिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice