राजन भट्टराई गगनलाई भेट्न शिक्षण अस्पताल पुगे तर भेट्न पाएनन्

काठमाडौं । काठमाडौं ४ का कांग्रेस उम्मेदवार गगन थापा बम विस्फोटमा घाइते भएको खबर पाए लगतै चुनावी प्रतिस्पर्धी एमाले उम्मेदवार राजन भट्टराई शिक्षण अस्पताल पुगेका छन् । तर, गगनलाई भेट्न पाएनन् ।

त्यहाँ जम्मा भएको भिडले धकेलाधकेल गरेको र आफ्नो सहयोगीलाई दुव्र्यवहार गरेको उनले बताए । भट्टराईले भने, ‘घटनाको खबर थाहा पाए लगतै अस्पताल पुगेका थिए । तर, भिडले इमर्जेन्सीमा जान दिएन, धकेला धकेल गरेर पठायो ।’

बाहिर निस्कने क्रममा भिडले नाराबाजी गर्दै दुव्र्यवहार समेत गरेको भट्टराईले बताए ।बम विस्फोटमा घाइते भएका थापाले भने बाहिर भएको घटनाबारे अनविज्ञता प्रकट गरे ।उनले भने, ‘आउने भन्ने खबर पाएपछि मैले माथि छु भनेको थिएँ । म इमर्जेन्सीमा थिइन ।’थापाको कान र ढाडमा चोट लागेको छ । विस्फोटमा थापासहित ११ जना घाइते भएका छन्

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice