काठमाडौंको चपलीमा बम विस्फोट कांग्रेस उम्मेदवार गगन थापा घाइते

काठमाडौं । काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । विस्फोटमा अन्य केही घाइते भएका छन् ।काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट भएको हो । थापाको कान र ढाडमा चोट लागेको छ ।

विस्फोटमा अन्य केही घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।प्रहरीले भने ४/५ जना घाइते भएको प्रारम्भिक जानकारी आएको बताएको छ ।विस्फोट कसले गरायो भन्ने खुलेको छैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice