कालीकोटमा मतपेटीका राखिएको ठाउँमा कम्युनिष्टहरुको छुट्टै ताला सहित कार्यकर्ता डिउटीमा

कालीकोट । पहिलो चरणमा गत १० गते मतदान भएको कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टहरुले छुट्टै ताला लगाएका छन् ।उनीहरुले सरकार लोकतान्त्रिक गठबन्धनको रहेको बेला सत्ताको बलमा मतपेटी तलमाथि हुन सक्ने आशंकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयको मतपेटी राखिएको कोठमा वाम गठबन्धनको ताला लगाएका हुन् ।

जिल्लाभरका मतपेटी जम्मा गरी राखिएको कोठामा कम्युनिष्ट र मुख्य निर्वाचन कार्यालयका दुईवटा ताला लगाएर सिल गरिएको छ ।आशंका व्यक्त भएपछि मतगणनासम्म मटपेटी सुरक्षाको विश्वास दिलाउनका लागि दुई पक्षीय ताला लगाउन सहमति दिएको जिल्ला अदालत कालीकोटका श्रेश्तेदार सोभाकर पराजुलिले बताए ।

२१ गते हुने दोस्रो चरणको चुनावपछि मात्रै मतगणना हुने भएपछि वाम गठबन्धनले मतपेटीलाई प्रहरीसँगै आफ्ना युवाहरुलाई पनि डिउटीमा राखेको छ ।

हाल माओवादी केन्द्रले आफ्ना पूर्व लडाकु नरेश शाही र जग फडेराको नेतृत्वमा एक दर्जन युवाहरु रातदिन डिउटीमा खटाएको छ ।कालीकोटमा ६४ हजार ९६१ मतदाता रहेकोमा ४२ हजार ८४० मत खसेको छ ।

चुनाव विरोधी तीव्र गतिबिधिका बाबजुत पनि ६५ प्रतिशत मत खसेको र कुनै अप्रीय घटना हुन नदिई चुनाव सम्पन्न गर्न सफल भएको मुख्य निर्वाचन अधिकृत न्यायाधिस कृष्ण मुरारी सिवाकोटीले बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice