‘माओवादीसँगको गठबन्धन कम्युनिस्ट पनि होइन,बामपन्थी पनि होइन ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले एमाले र माओवादी पार्टीको गठबन्धन कम्युनिस्ट/वामपन्थी गठबन्धन केही पनि नभएको बताएका छन्। ‘यो वस्तुतः ‘कम्युनिस्ट गठबन्धनु पनि होइन र यो ‘वामपन्थी गठबन्धनु पनि होइन,’ ओलीको भनाइ छ,‘कम्युनिस्ट हाम्रो पार्टीको नाम हो। एउटा सन्दर्भमा पार्टीका नामहरू राखिएका हुन्छन्।’

कम्युनिस्ट पार्टीलाई तीन भागमा विभाजन गर्दै अहिले ओलीले अहिले नेपालमा अधिकांश पोलिटिकल कम्युनिस्ट मात्र भएको विश्लेषण सुनाए। ‘आइडियोलजिकल कम्युनिस्ट र पोलिटिकल कम्युनिस्ट। अहिलेका अधिकांश कम्युनिस्ट पोलिटिकल कम्युनिस्ट हुन्,’ उनको तर्क छ,‘ आवश्यकता, लाभ, फाइदा, विकास आदिका लागि कम्युनिस्ट भएकाहरू । अहिले नेपालमा अधिकांश पोलिटिकल कम्युनिस्ट छन्।’

साम्यवाद एक सुन्दर कल्पना भएको भन्दै ओलीले अहिलेकै अवस्थामा त्यहाँ पुग्न असम्भव भएको पनि बताए। ‘‘साम्यवाद’ एक ज्यादै सुन्दर कल्पना हो, उच्चतम मानवीय समाजको सृजना गर्नका निम्ति गरिएको परिकल्पना हो ,’ उनले भने,‘ हाम्रो सरदर भाषामा राम राज्य हो । कल्पवृक्ष जस्तो । तर के अहिलेकै अवस्थामा त्यहाँ पुग्न सकिन्छ ? सकिँदैन।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice