आयल निगमको जग्गा खरिद प्रकरणमा अख्तियारको विस्तृत अध्ययन

काठमाडौं । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अध्ययन गरिरहेको छ । स्रोतका अनुसार जग्गा खरिदमा संलग्न १ सय ८० भन्दा बढीसँग अख्तियारले बयान लिइसकेको छ ।

निगमको जग्गा खरिदमा संलग्न जग्गाधनी, बिचौलिया, टेन्डरदाता तथा स्थानीय निकाय (हालको स्थानीय तह) का कर्मचारी लगायतसँग वयान चलिरहेको स्रोतले बताएको छ ।

हालसम्म करीब १५० जग्गाधनीसँग बयान सकिएको स्रोतको दाबी छ ।त्यस्तै, जग्गा खरिदमा संलग्न अन्य एजेन्ट, सरकारी कर्मचारी लगायतसँग पनि वयान चलिरहेको छ । जग्गाधनी, स्थानीय कर्मचारी, बिचौलिया लगायतसँग वयान सकिएपछि निगमका कर्मचारीहरूसँग पनि वयान गरिने स्रोतले बतायो ।

जग्गा खरिद प्रकरणमा ठूलो अनियमितता भएको आवाज उठेपछि करिब डेढ महिनाअघि अख्तियारको टोलीले जग्गा खरिद गरिएका झापा, सर्लाही, चितवन र रुपन्देहीका सम्बन्धित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्केको थियो ।अख्तियार टोलीले ती क्षेत्रको एक साता अवलोकन गरेको थियो ।

स्रोतका अनुसार जग्गा खरिदमा कतिपय स्थानमा आयल निगमले सिधै जग्गा खरिद गरेको देखिएको छ । त्यस्तै, कतिपय स्थानमा बिचौलियामार्फत् र कतिपय स्थानमा जग्गाधनी, बिचौलिया र ठेकेदारमार्फत निगमले जग्गा खरिद गरेको छ ।

अख्तियारले जग्गा खरिद गर्दा वास्तविक जग्गाधनीले पाएको मूल्य, बिचौलिया र टेन्डरदाताले जग्गाधनीलाई भुक्तानी गरेको रकम र जग्गा खरिदका दशी, प्रमाण र कागजातको पनि विस्तृत अनुसन्धान गरिरहेको छ ।कतिपय स्थानमा वास्तविक जग्गाधनीलाई कम रकम दिएर कागजमा धेरै देखाइएको प्रमाणहरू पनि देखिएको स्रोतको दाबी छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice