नुवाकोट जिल्ला निर्वाचन कार्यलय अगाडि बम फेला

नुवाकोट । जिल्ला निर्वाचन कार्यलय नुवाकोट अगाडि बम भेटिएको छ । आज बिहान कार्यलय अगाडि बम भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खवर गरिएको थियो अहिले सेनाको टोलीले बम निष्कृय पार्दैछ ।

नुवाकोटको ढिकुरेमा आज बाम गठबन्धन र कांग्रेसको चुनावी सभा राखिएको थियो । बम राखेको पाइएपछि सभा स्थगित गरिएको छ भने अहिले विदुरको मुख्य सडक अवरुद्ध बनेको छ ।

यसैवीच जिल्ला प्रशासन कार्यलय नुवाकोटले लिखु गाउँपालिका वडा नं १ ढिकुरे बजारमा मंसिर सात गते विहान ६ बजेदेखि बेलुका नौ बजेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

सो क्षेत्रमा कुनै पनि सभा जुलुस गर्न नपाइने स्थानीय प्रशासनले जनाएको छ । बजारको पुर्वमा चौघडा,पश्चिममा बराहफेदी डाँडा, उत्तरमा माझापानी र दक्षिणमा चौखडासम्म निषेधित क्षेत्र कायम गरिएको प्रशासनले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice