प्रकाशको निधनपछि प्रचण्डलाई फोन गरेका नरेन्द्र मोदीले के भने ?

काठमाडौँ । पुत्रशोकमा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गरेका छन्।

मोदीले आइतबार नै प्रचण्डलाई टेलिफोन गरेर समवेदना व्यक्त गरेको स्रोतले जानकारी दिएको छ । भारतीय राजदूत मन्जिभ सिंहले प्रचण्डलाई भेटेपछि मोदीले राजदूतकै फोनबाट समवदेना दिएका थिए ।मोदीले भने, ‘दुःखी छु तपाईमाथि यो घटना घटेकोमा एकदमै मर्माहत भएको छु ।’

प्रचण्डपुत्र प्रकाश दाहालको आज बिहान मृत्यु भएको छ । उनको पार्थीव शरिर श्रद्धाञ्जलीका लागि माओवादी पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice