प्रचण्ड प्रकाशको अन्तिम संवाद- ‘बुबा मलाई सन्चो छैन, तपाईं जानुस् न है !’

काठमाडौँ । आफ्नो योगदान र कामबाट भन्दा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको छोरा भएरै चर्चामा रहेका प्रकाश दाहालले आइतबार बिहानै संसार छोडे। सामाजिक संजालमा बेलाबेला आलोचित हुने प्रकाश मनका भने सफा थिए । जीवनमा बहुविवाह गर्नबाहेक उनले जानेर अर्को भूल गरेका छैनन् । आइतबार बिहान उनै प्रकाशको मृत्युको खबरले देश शोकमग्न भएको छ ।

प्रकाश चुनावी सभामा प्रचण्डको साथ लागेर हिडिरहन्थे । सभाको लाइभ पनि गर्थे । तर, चितवनबाट फर्किएपछि प्रचण्डसँग झपा भने उनी गएनन् । प्रचण्डलाई उनले भने, ‘बुबा मलाई खासै सन्चो छैन, तपाईं जानुस् न है ।’ उनी आमासँग बसेका थिए । तर, आइतबार बिहान ५ बजे ह्दयघात भएपछि उनलाई अस्पताल लगियो । र, बचाउन सकिएन ।

यो पनि पढ्नुहोस…….

हृदयघातका कारण प्रचण्डपुत्र प्रकाशको निधन

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice