१७ केजी सुनसहित एक जनालाई पक्राउ

काठमाडौं । चीनसँगको रसुवागढी भन्सार नाकाबाट प्रहरीले १७ केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ । बा ११ च ७९ १८ नम्बरको भ्यानबाट प्रहरीले १७ केजी सुनसहित चालक कासाङ दावा तामाङलाई पक्राउ गरिएको हो ।

रसुवाका प्रहरी नायक उपरीक्षक शरतकुमार थापाकाअनुसार गाडीमा फल्स बटन बनाएर ल्याइँदै गरेको सुन रसुवागढी नाकाबाट समातिएको हो ।गाडीले ट्वाइलेट पेर र छुर्पी ल्याएको थियो । तर, प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा सुन बरामद भएको थापाले बताए । सुन र गाडी कसको हो भन्नेबार अनुसन्धान भइरहेको प्हरीले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice