मनको भावना समयमै पोखिहाल्न रविनलाई रन्जिता गुरुङको आग्रह (भिडियोसहित)

सन्तोष दाहाल


काठमाडौँ । युवा सर्जक तथा लोक दोहोरी गायक कृष्ण लामिछानेले आफ्नो नयाँ लोक दोहोरी गीत मायाको सिलसिलाको म्युजिक भिडियो बजारमा सार्वजनिक गरेका छन्। गोरखा जिल्लाको गण्डकी गाउँपालिका ४, फुजेलमा जन्मिएर नेपाली मौलिकता र लोक दोहोरी गीत संगीत क्षेत्रको उन्नयनमा अहोरात्र लागिपरेका लामिछानेको यो गीतमा कृष्ण लामिछाने र कल्पना गुरुङको आवाज रहेको छ।

एसके डिजिटल प्रालिमार्फत बजारमा आएको यो गीतमा लय तथा शब्द संकलन पनि गायक स्वयम् कै रहेको छ भने भिडियोमा अभिनय रबिन गुरुङ र रन्जिता गुरुङको रहेको छ। प्रियंका फिल्मस प्रालिले तयार पारेको म्युजिक भिडियोमा कृष्ण लामिछानेकै निर्देशन अनि दिनेश मुस्कानको छायांकन/सम्पादन रहेको छ ।

मनमा उब्जिएका मायाका भावनाहरुलाई समयमै व्यक्त गरिएन भने भविष्यमा पछुताउनुपर्ने भन्ने कुराको उक्त गीतका शब्दलाई अभिव्यक्त गरिएको गायक तथा सर्जक लामिछानेले यस काठमाडौँ डट कमलाई जानकारी गराए।

भिडियो हेर्नुहोस………….

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice