नेपाली कामदारको यूएईमा उच्च सम्मान र प्रशंसा

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधावीका युवराज शेख मोहमद विन जायद अल नायनले त्यहाँ कार्यरत् नेपाली कामदारको प्रशंसा गरेका छन् ।यूएई भ्रमणको क्रममा रहेकी राष्ट्रपति भण्डारीसँग बुधबार भेटवार्ता गर्दै उनले नेपाली कामदारले यूएईमा उच्च सम्मान र प्रशंसा पाउने गरेको बताएका छन ।

‘यहाँ नेपाली कामदारले इमान्दार र मेहनती व्यक्तिको रुपमा परिचय बनाएका छन्’, त्यहाँका शसस्त्र प्रहरीको नायब सर्वाेच्च कमाण्डर समेत रहेका उनले राष्ट्रपति समक्ष भने ।यसैबीच, भेटवार्ताको क्रममा शेखले नेपाल र यूएईबीचको कुटनीतिक सम्बन्ध ४० वर्ष पुगेकोमा खुशी व्यक्त गरे ।

उनले आपसी सद्भाव र सहयोगमा आधारित दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे । उनले नेपालको विकासको गतिविधिमा सहयोग गर्ने आफ्नो देशको इच्छा रहेको समेत बताए । स्वास्थ्य र शिक्षाको आफूहरुको प्राथमिकतामा पर्ने उनको भनाइ थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice