बाम तालमेलपछि देउवाले गरे चित्रबहादुरसँग हारगुहार

कपिलवस्तु–पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितका वामपन्थी दल मिल्दा सबैभन्दा ठूलो भुइँचालो नेपाली काँग्रेसमा आएको टिप्पणी गरेका छन् । चन्द्रौटामा सोमबार पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले काँग्रेसले भ्रमको खेती गरेको आरोप पनि लगाए ।

राणा शासन र राजतन्त्र फालेर गणतन्त्र ल्याएका नेपाली जनताले कम्युनिस्टले ल्याउने अधिनायकवाद पनि सहन नसक्ने भन्दै काँग्रेसलाई अनावश्यक चिन्ता नगर्न आग्रह गरे । सरकारको स्वाद चाख्न बानी परेको दलमा वामपन्थीले बहुमत ल्यायो भने सरकारमा जान पाइन्न भनेर हल्लीखल्ली मच्चिएको टिप्पणी गर्दै उनले प्रधानमन्त्रीसँग भएको एक भेटको स्मरण गराए ।

केसीले आफूलाई एक दिन प्रधानमन्त्री देउवाले भेटेर देशमा दुई ठूला पार्टी मिले अब के होला ?  भनेर प्रश्न गरेको पनि उल्लेख गरे । आफूले त्यस भेटमा ‘वामपन्थी मिले, ठीक भयो, तर देशमा कम्युनिस्ट शासन आउँछ भन्ने चिन्ता नगर्नू’ भनेर जवाफ फर्काएको उनले बताए । संघीयताका कट्टर विरोधी अध्यक्ष केसीले संघीयताले मुलुकलाई निकास नदिने पनि दोहोर्याए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice