घाइते हुँदाहुँदै पनि अंगरक्षकले यसरी बचाए शेरधनलाई

भोजपुर । चुनाव प्रचारको लागि निर्धारित कार्यक्रमअनुसार एमाले नेता शेरधन राईको टोली भोजपुरको टम्के मयुँ गाउँपालिकामा रहेको चुनावी सभामा जाँदै थियो। गोगने भन्ने ठाउँमा दिउँसो १२ बजे आयोजित कार्यक्रममा जाँदै गर्दा दलगाउँ र कोटको बीचमा पिखुवा भन्ने ठाउँ, जुन, गुम्बाभन्दा एक किलोमिटरमाथि पर्छ । त्यहाँ माओवादी केन्द्रका नेताहरु चढेको गाडी १५ मिनेट अगाडी पास भएको थियो । शेरधन त्यसकै पछाडी थिए।

राईको सुरक्षामा एकजना पीएसओमात्र थिए,कलाकारहरुको तीन वटा गाडी थियो । अगाडी बाइकहरु पनि थिए । उनीहरु क्रस पनि भइसकेका थिए ।त्यहाँ पुगेपछि उनको गाडीमा बम र गोली प्रहार भयो । गाडीको अगाडीको भाग ध्वस्त भयो। त्यो एम्बुस थिएन, बम नै प्रहार गरिएको हो । त्यसपछि गोली पनि प्रहार भयो ।

आक्रमणकारीहरु तीनदेखि ५ जनाको समूहमा थिए भन्ने छ । घटनामा प्रहरी सहायक निरीक्षक घाइते भएका छन्। उनलाई बमको छर्रा लागेको छ ।घाइते अवस्थामा नै प्रहरी निरीक्षकले फायरिङ गरे । त्यसपछि आक्रमणकारीहरु भागे।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice