‘मन्त्रीसमेत रहेका वर्षमानका चुनावी प्रतिस्पर्धीले नै बम हान्ने आदेश दिए’

रोल्पा । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिनानुदिन चुनावी वाम उम्मेदवारमाथि भईरहेको बम आक्रमणको निन्दा गर्दै सरकारले नै दोषीलाई जोगाउन भूमिका खेलिरहेको आरोप लगाएका छन्। सरकारकै संरक्षणमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले माओवादी उम्मेदवारहरुलाई आक्रमण गरेको भन्दै उनले यसको पुष्टि भईसकेको दावी गरे।

चितवनको शिवनगरस्थित आफ्नै निवासमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने,‘हतियारसहित गिरफ्तार भए, विप्लवसँग सम्वन्धित मान्छेहरु । अमरसिंह पुन अहिले मन्त्री हुनुहुन्छ त्यहीँको रोल्पाको । उहाँले वक्तव्य निकालेर छोड्देऊ तिनीहरुलाई भन्नुभयो भनेपछि प्रष्टै देखियो नि त । तालमेल भएछ लोकल कांग्रेसको ।’

नेपाली कांग्रेसका रोल्पा जिल्ला सभापतिसमेत रहेका अमरसिंह पुन हाल हाल देउवा सरकारबाट सिँचाइ राज्यमन्त्री छन् । उनी प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट माओवादी नेता वर्षमान पुन ‘अनन्त’सँग चुनावी प्रतिस्पर्धामा छन् ।रोल्पामा शनिबार अनन्तलाई लक्षित गरी माइन विष्फोट गराइएको थियो भने आइतबार ढुंगा थुपारेर बाटो अवरुद्ध गर्दै गोली प्रहार गरिएको थियो ।

सो कार्यमा संलग्न भएको भन्दै प्रहरीले विप्लव निकटका केही कार्यकर्ताहरुलाई सोही स्थानबाटै पक्रेको थियो । त्यसलगत्तै कांग्रेस रोल्पाका सभापति समेत रहेका सिँचाइ राज्यमन्त्री पुनले विज्ञप्ति निकालेर पक्राउ परेकाहरुलाई रिहा गर्न माग गरेका थिए ।रोल्पामा माओवादी नेता वर्षमान पुन ‘अनन्त’ र रुकुममा जनार्दन शर्मा ‘प्रभाकर’लाई लक्षित गरी आक्रमण भएको थियो । यसमा विप्लव निकट कार्यकर्ताहरुको संलग्नता रहेको प्रहरीले समेत जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice