युवा प्रतिनिधिको रुपमा पोखराबाट ह्याट्रिक गर्ने योजनामा रविन्द्र

कास्की। नेकपा एमालेभित्र आशातीत र उदयमान मानिएका युवा नेता रविन्द्र अधिकारी प्रतिनिधिसभाको लागि कास्की क्षेत्र नं. २ बाट उम्मेदवार छन्। वाम गठबन्धनमार्फत उम्मेदवारी दिएका अधिकारीले उक्त क्षेत्रमा सुविधाजनक जीत निकाल्ने आशा गरेका छन्।

चुनावी मैदानमा नेपाली कांग्रेसका देवराज चालिसेसंग अधिकारीको प्रतिस्पर्धा हुनेछ । अधिकारीको विगतको जित, स्थानीय तहको निर्वाचनको मतपरिणामको आधार तथा वाम गठबन्धनका कारणले अधिकारीलाई केही सहज ठाउँमा छन् । तर काँग्रेस नेता पनि चुनावी मैदानमा पूरै शक्ति लगाएर उत्रेका छन्। क्षेत्रफलका आधारमा देशकै सबैभन्दा ठूलो पोखरा–लेखनाथ महानगरपालिकाबाट उम्मेदवार बनेका अधिकारी गत दुई संविधान सभामा सोही स्थानबाट विजयी भएका थिए ।

पोखरा लेखनाथ महानगरपालिका अन्तर्गतका ११ वडाहरू रहेको कास्की २ मा स्थानीय तहको निर्वाचनमा एमाले आठवटा वडामा विजयी भएको थियो भने नेपाली काङ्ग्रेसले तीन वडा आफ्नो पक्षमा पारेको थियो । महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडाहरू कास्की २ निर्वाचन क्षेत्रअन्तर्गत पर्छन् । स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले ४, ९ र ११ मा जित हात पारेको थियो ।

स्थानीय निर्वाचनमा नेकपा एमालेले २० हजार ४४१ मत ल्याएर पहिलो भएको थियो भने दोस्रो स्थानमा रहेको काङ्ग्रेसले १६ हजार ७६ मत प्राप्त गरेको थियो । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको तीन हजार २८४ सहित वाम गठबन्धनको मत २३ हजार ७२५ हुन्छ । स्थानीय तहको प्राप्त मतलाई तुलना गर्दा नेपाली काङ्ग्रेस वाम गठबन्धनभन्दा सात हजार ६४९ मतले पछिपरेको छ ।

प्राध्यापन पेसाबाट चुनावका लागि राजीनामा दिएका चालिसे नेपाली काङ्ग्रेसबाट प्रत्यासी छन् । चुनावी अनुभव नभएका चालिसेका लागि अधिकारीसँग भिड्न अनुकूल छैन । नेपाली काङ्ग्रेसका महासमिति सदस्य रहेका चालिसेको प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा पहिलो पटक हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice