कांग्रेसले निर्वाचनको आर्थिक परिचालन संयोजक बिनोद चौधरीलाई तोक्यो

काठमाडौं । प्रशिद्ध उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको आर्थिक उपसमितिको संयोजक बनेका छन् । नेपाली कांग्रेसले निर्वाचनमा आर्थिक परिचालनका लागि आर्थिक समृद्धि तथा विकास समन्वय समिति बनाएको छ ।

मुल समितिमा बालकृष्ण खाँड छन भने चौधरीलाई उपसमितिको संयोजक तोकिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । अघिल्ला निर्वाचनहरुमा मौन रहँदै आएका चौधरी २०७४ सालको निर्वाचनदेखि उनी सक्रिय राजनीतिमा आउने तयारी गरिरहेका छन् ।

केही दिनअघि मात्र नेपाली कांग्रेसले उनलाई पार्टीमा भित्राएको थियो । पार्टीमा भित्रे लगतै उनलाई समानुपातिक उम्मेद्धार पनि बनाएको छ । उद्योग ब्यापारका क्षेत्रमा निकै चलाख चौधरीको राजनीतिक यात्रा कांग्रेसबाट सुरु भइसकेको छ ।

नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिले उनलाई आर्थिक समितिको प्रमुख बनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice