बेइजिङ पुगेका ट्रम्पले वर्ष दिन नबित्दै आफ्नो बोली यसरी फेरे

काठमाडौँ । आफ्नो राष्ट्रपतीय चुनाव प्रचार र कार्यकालको सुरुवाती कार्यकालमा चीनसंगको व्यापारको कडा आलोचना गर्दै असमान भएको बताउदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसकै एक वर्षपछी आफ्नो भानाइ परिवर्तन गर्दै अमेरिकाबाट फाइदा उठाएकोमा चीनलाई दोष नदिने बताएका छन्। दक्षिण यसियाली भ्रमणका क्रममा बेइजिङ पुगेका ट्रम्पले त्यहाँ भएको भव्य स्वागतपछि यस्तो बताएका हुन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रशंसा गर्दै ट्रम्पले भने ‘म चीनलाई दोष दिन्नँ, आफ्नो नागरिकका लागि अर्काको देशबाट फाइदा उठाउन सक्नेलाई कसले दोष दिन्छ र ! यसका लागि म चीनलाई ठूलो जस दिन्छु।’ उनले ‘चीनसँगको अनुचित व्यापार सम्बन्ध बदल्ने’ पनि बताउँदै सीको साथमा यो काम सम्पन्न हुने अपेक्षा पनि व्यक्त गरे।

यद्यपि उनले चीनसँग अमेरिकाले भोगेको व्यापार घाटाका लागि पूर्व अमेरिकी प्रशासनलाई दोष दिए। चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र चीनबीच सहकार्य नै एक मात्र उपयुक्त मार्ग भएको बताएका छन्। दुई राष्ट्रपतिहरुले संयुक्त वक्तव्य दिने क्रममा सीले उत्तर कोरियाको आणविक निशस्त्रीकरणका लागि चीनको प्रतिबद्धता पनि दोहोर्‍याए। यद्यपि उनीहरुले पत्रकारको प्रश्न लिएका थिएनन् ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice