काठमाडौंबाट सुरु भयो पार्टी एकताको प्रयास, माओवादीको कार्यक्रममा माधव नेपाल प्रमुख अतिथि

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकताको सुरुवात एमाले नेता माधव नेपालको निर्वाचन क्षेत्रबाट सुरु गरेका छन् । विहीबार विहान नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्वर २ मा आफ्नो चुनावी सभा राखेको थियो । तर चुनावी सभाको प्रमुख अतिथि भने एमाले वरिष्ठ नेता माधव नेपाल थिए ।

पार्टी एकताको सुरुवात गर्न एमाले र माओवादी नेताहरुले संयुक्त कार्यक्रमको आयोजना गर्न थालेका छन् । माओवादीले आयोजना गरेको कार्यक्रममा एमालेका नेता र एमालेले आयोजना गरेको कार्यक्रममा माओवादी नेताहरुले सम्वोधन गर्ने भएका छन् । पूर्वको ताप्लेजुङबाट एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्ने योजना बनाइएको थियो । तर कारणवस माओवादी अध्यक्ष दाहाल पुग्न नसकेपछि एमाले अध्यक्ष दाहालले मात्र सम्बोधन गर्ने भएका छन् ।

त्यसैगरी यसबर्षको निर्वाचनमा सर्वाधिक चासोको रुपमा हेरिएको गोर्खामा पनि एमाले र माओवादीका दुवै अध्यक्षले संयुक्तरुपमा सम्वोधन गर्ने भएका छन् । गोर्खामा वाम गठबन्धनका तर्फबाट नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट डा. बाबुराम भट्टराई उम्मेद्धार बनेका छन् । गठबन्धनका उम्मेद्धार श्रेष्ठलाई सघाउन एमाले र माओवादीका अध्यक्ष गोर्खा पुग्ने भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice