निर्वाचन प्रचारप्रसारको लागि भूपू सैनिक तथा प्रहरी संगठनले गर्यो यस्तो योगदान

सन्तोष दहाल


काठमाडौँ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले निकट मानिने नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनले वाम गठबन्धनबाट चुनावमा उम्मेदवारी दिएका देशभरका उम्मेदवारहरुलाई जिताउन र उम्मेदवारको सुरक्षाको लागि प्रचार अभियान सुरु गर्दै आफ्नो संगठनका सदस्यहरुलाई सम्बन्धीत क्षेत्रहरुमा खटाएको छ।
महासंघका केन्द्रिय महासचिव एबम प्रचार विभाग प्रमुख मिठाराम केसीका अनुसार वाम गठबन्धनका दुवै सभाका उम्मेदवारहरुका लागि सम्बन्धित उम्मेदवार तथा पार्टी कमिटि संगको सम्पर्क र समन्वयमा आवश्यक गोप्य तथा बाह्य सुरक्षा प्रबन्ध मिलाई एकल वा टीम परिचालन गर्न प्रदेश नं.३ काे हकमा कार्तिक २० काे बैठकको निर्णय अनुसार र केन्द्रीय कमिटीका पदाधिकारी,सदस्यहरु, सल्लाहकारहरु लगायत अन्य प्रदेश,जिल्ला,क्षेत्र तथा शाखा कमिटीहरुका हकमा पनि साेही अनुरुप कार्य गर्न गराउन “नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन”केन्द्रीय कमिटी प्रचार बिभागकाे तर्फबाट “विशेष निर्देशन” जारी गरिएको छ ।

साथै अा-अाफ्नाे तहबाट संगठनले दिएको निर्देशनलाई अति कडाइका साथ लागु गरी सम्पूर्ण रेकर्ड राख्न र नियमितरूपमा अवशयक रिपोर्टिङ गर्न गराउन समेत निर्देशन गरिएको छ महासचिव केसीले यस काठमाडौँलाई बताए।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice