सरकारले घरभाडा नतिरिदिएपछि पूर्वराष्ट्रपति यादवको मिडियामार्फत नै सार्वजनिक बेइज्जत

काठमाडौँ । गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति बनेका डा. रामवरण यादव बस्दै आएको बागडोल ललितपुरको गत साउन महिनादेखिको घरभाडा सरकारले नतिरिदिएपछि घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना जारी गरेका छन्।

सरकारसँग सम्झौता गरी यादवलाई घर भाडामा उपलव्ध गराउँदै आएका ललितपुर महानगरपालिका ४, बागडोलका रविभक्त बिष्टले सम्झौता नवीकरण नभएको भन्दै १५ दिनभित्र घर खाली गर्न सार्वजनिक सूचना जारी गरेपछि पूर्वराष्ट्रपति यादवको बेइज्जति भएको हो। साउनअघि उनको आवासको भाडा सरकारले तिर्दै आएको थियो । घरबेटी विष्टले सोमबार एउटा राष्ट्रिय दैनिक पत्रिकामा घर खाली गर्नेबारे सूचना जारी गर्दै पूर्वराष्ट्रपतिलाई १५ दिनभित्र विद्युत महसुल र भाडा तिरेर घर खाली गरिदिन भनेका छन् ।

सूचना अनुसार काम कारबाही अघि नबढे कानुनअनुसार अघि बढ्ने चेतावनी पनि बिष्टले सूचनामा दिएका छन्।सूचनाअनुसार चालु आर्थिक वर्षको साउनदेखि घर भाडा सम्झौता नवीकरण भएको छैन। यस विषयमा राष्ट्रपति कार्यालय शीतलनिवास र पूर्वराष्ट्रपति यादवलाई आफूले पटक–पटक जानकारी गराएको पनि उनले सूचनामा उल्लेख गरेका छन्।

आफूले राष्ट्रपति कार्यालय शीतलनिवास र पूर्वराष्ट्रपति यादवलाई पनि पटक-पटक ताकेता गर्दा पनि घरबाट नहटेकाले बाध्य भएर सूचना जारी गर्नुपरेको घरबेटीको तर्क छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice