गंगा चौधरी एमालेकी नेत्री कि नयाँ शक्तिकी ? दुवै पार्टीको समानुपातिक सूचीमा समावेश

काठमाडौँ । पूर्वसभासद गंगा चौधरी सत्गौवा नयाँ शक्ति नेपालकी नेत्री हुन्। आगामी निर्वाचनका लागि उनी नयाँ शक्ति नेपालको तर्फाबाट समानुपातिक बन्दसूचीमा परेकी छिन। रोचक त के छ भने उनको नाम नयाँ शक्ति पार्टीको बन्दसूचीमा पनि छ । एकै व्यक्तिको नाम दुईवटा दलको समानुपातिक सूचीमा परेपछि मानिसहरुले प्रश्न उठाएका छन्- गंगा चौधरी नयाँशक्ति पार्टीकी नेतृ हुन् कि एमालेकी ?

थरुहट तराई पार्टीका तर्फबाट दोस्रो संविधानसभामा सभासद बनेकी गंगा केही समयअघि तामझामका साथ डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । त्यसपछि उनी दाङ, कैलालीलगायतका जिल्लामा डा. भट्टराईसँगै पार्टीको कार्यक्रममा हिँडिन् । बाबुराम भट्टराईको फेसबुकमा अपलोड गरिएका तस्वीरहरुमा गंगा चौधरी पनि बाक्लै देखिन्थिन् ।

तर, जब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तिथि नजिकियो, गंगाले एमाले नेता विष्णु पौडेल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ, वामदेव गौतम र केपी ओलीसँग सुटुक्कै भेटघाट गरिन् । एमाले नेताहरुसँग उनले एमालेका तर्फबाट समानुपातिक सांसद बनाइदिन आग्रह गरिन् ।

अन्ततः एमालेले नयाँशक्तिकी नेतृ गंगा चौधरी सत्गौवालाई कुनै होहल्ला नगरिकन आफ्नो पार्टीको समानुपातिक सूचीमा राख्यो । उनलाई एमालेले थारु क्लष्टरको तेस्रो नम्बरमा राखेको छ, जसले गर्दा उनी सांसद बन्ने लगभग पक्का भएको छ ।

आफ्नो पार्टीमा प्रवेश गरिसकेकी गंगाले एमालेसँग भित्री साँठगाँठ गरेको डा. भट्टराईले पत्तै पाएनन् । यही कारण नयाँ शक्ति पार्टीले पनि समानुपातिकको सूचीमा गंगा चौधरी सत्गौवाको चढायो र निर्वाचन आयोगमा सूची बुझायो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice