सिपी मैनाली दम्पत्ती नै समानुपातिक सूचीमा

काठमाडौँ  आगामी प्रतिनिधिसभाको निर्वाचनको लागि नेकपा मालेका महासचिव सीपी मैनाली र उनकी पत्नी निलम खड्का दुवै पार्टीबाट समानुपातिक सूचीमा परेका छन

दोस्रो संविधानसभामा पनि मैनाली दम्पती पार्टी कार्यकर्ताको भोटबाट सांसद बनेका थिए । र, उनीहरु पालैपालो मन्त्रीसमेत बने ।वाम विचारधाराका भए तापनि उनी वर्तमान एमाले माओवादीको वाम गठबन्धनमा भने छैनन् ।  विगतमा उनको पार्टीबाट समानुपातिक सांसद बनेका अइन्द्रसुन्दर नेम्वाङ लगायतका नेताहरु एमालेको समानुपातिक सूचीमा छन् ।

निर्वाचन कानूनले थ्रेसहोल्डको व्यवस्था गरिसकेका अवस्थामा पनि केही साना पार्टीहरु समानुपातिकतर्फबाट सांसद बन्न पाइने आशमा छन् । यही आशमा रहेका नेकपा मालेका महासचिव मैनालीले आफ्नो नाम समानुपातिकको तेस्रो नम्बरमा राखेका छन् । पत्नी निलम केसीको नाम १८ औं नम्बरमा छ ।

हँसिया र तारा चुनाव चिन्ह लिएर निर्वाचन लड्ने नेकपा माले र जनसमाजवादी दुबैले प्रतिनिधिसभातर्फका ११० सिटमध्ये १०८ जनाको नाम बन्दसूचीमा समावेश गरेका छन् ।नेकपा एमालेका संस्थापक नेताका रुपमा रहेका मैनालीले ०५६ सालमा वामदेव गौतमसँग मिलेर नेकपा माले गठन गरेका थिए । पछि गौतम एमालेमा फर्किए पनि मैनाली फर्केनन् ।

केपी ओलीको सरकारमा सहभागी बनेका मैनालीलाई दशैंका बेला वाम गठबन्धन निर्माण हुँदा एमाले नेताहरुले वास्तै गरेनन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice