राष्ट्रिय पोशाकमा सुसज्जित नवराज सिलवालको ललितपुर १ मा उम्मेदवारी दर्ता (फोटोफिचर)

ललितपुर । दोस्रो चरणको निर्वाचनको लागि देशभरी उम्मेदवारहरु निर्वाचन आयोगले तयार पारेका दर्ता कार्यलयमा गएर आ–आफ्ना उमेवारी दार्ता गराएका छन् राजधानीसँगै जोडिएको जिल्ला ललितपुरमा पनि  राजनीतिक दलहरुले विशेष बाजागाजा सहितको र्यालीका साथ आ आफ्नो उम्मेदवारी दर्ता गराए।

निर्वाचन आयोगले ललितपुरका दुई ठाउँमा उम्मेदवारी दर्ताको लागि छुट्याएको थियो । आयोगले राजनीतिक दलहरुलाई उम्मेदवारी मनोनयनका लागि फरक–फरक समय दिएको थियो  ।जसअनुसार  नेपाली काँग्रेसका उम्मेदवारहरु १ बजे आयोगमा पुगेका थिए  । बाजागाजा झण्डा र ब्यानरसाथ नाराजुलुस गरेर आएका काँग्रेसका नेताकार्यकर्ताहरु स्टाप कलेजेको गेटमा जम्मा भएर नारा जुलुस गरे । काँग्रेसका युवा नेता उदय शमशेर राणाले स्टाफ कलेज भित्र पत्रकारहरुसँग प्रतिक्रिया दिँदै अबको विश्व खुल्ला अर्थतन्त्रको भएकाले आफूले  जित्ने बताए । वामपन्थीलाई जनताले नरुचाउने पनि रानाले बताए ।

त्यस्तै करिब दुई बजे वामपन्थी गठबन्धनका उम्मेदवार लगनखेलबाट नै नाराजुलुस गरेर स्टाफकलेज पुगेका थिए । वामपन्थीका उम्मेदवारहरुमा थिए भर्खरै प्रहरीको जागीर छोडेर एमालेमा प्रवेश गरेर टिकट पाउने नवराज सिलवाल । सिलवाल दाउरा सुरवाल र भादगाउँले कालो टोपीसहितको नेपाली पोशाकमा  ब्यानर बोकेर मासको बीचमा हिँड्दै आए । मिडिया र कार्यकर्ताको नजर नै बिहीबार  सिलवालमाथि थियो । उनीसँगै थिइन् माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल ।

सिलवालले पत्रकारहरुसँग आफू जनतासँग न्याय माग्न आएको बताए । उनले यो राज्यले आफूलाई अन्याय गरेका कारण जनतासँग न्याय माग्न आएको बताए । सिलवालका प्रस्तावक थिए एमाले कार्यकर्ता गणेश कुमार आर्र्चाय  र समर्थक थिए मुकुन्द बजगाई । दर्ता गर्न पुगेका सिलवालका फरम भने गणेशकुमार आचार्यले भरेका थिए । सिलवालले एउटा फर्ममा हस्ताक्षर गरेर दर्ता गरेपछि पैसा बुझाउन अर्को ठाउँ गएका थिए ।

हेर्नुहोस् केही तस्विरहरु :

 

 

 

 

 

 

तस्वीर:दीपेन्द्र परिवर्तित

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice