त्रिशुलीले निल्यो एकैदिन ३१ जना( मृतकको नामसहित )

धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३१ पुगेको छ। बसमा सवार अन्य १६ जना घाइते भएका छन्। सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशूली नदीमा खसेको थियो। मृतकमध्ये ३० जनाको सनाखत भएको छ।

जसमध्ये ११ जना पुरुष, ८ जना महिला, बालक-५,बालिका-५ जना छन्। २ जना मृतकको अझै सनाखत हुन सकेको छैन। ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार दुर्घटनामा सनाखत भएका मृतकहरुको विवरण

सिराहा गोलबजार ८ बस्ने वर्ष ५० को राज कपुर यादब
सप्तरी बोधेबर्साईन १ बस्ने वर्ष १५ को चन्द्र रेखा प्रमाणी
राजबिराज न पा १६ बस्ने वर्ष ७४ को चन्द्रावती झा
तिलाठि कोईलारी गा पा १ बस्ने वर्ष ३३ को मन्जित कुमार झा
देउरिया भरुवा न पा १८ बस्ने वर्ष १८ को नरेश मुखिया (सह-चालक)
नरैया बस्ने वर्ष ३ को शुसान्त चौधरी
नरैया बस्ने वर्ष २४ रामानन्द यादब
भारत बिहार बस्ने वर्ष २९ की ममता देबि ठाकुर
सप्तरी बोधेबर्साईन २ बस्ने वर्ष ६ को आदित्य यादब
तिलाठि गा पा ३ बस्ने वर्ष ३८ को संजित कुमार झा
नरैया बस्ने वर्ष २६ की पार्बती चौधरी
तिलाठि ३ बस्ने वर्ष ३५ की सम्मि कुमारी झा
बोधेबर्साईन ३ बस्ने वर्ष १५ की चन्द्र लेखा प्रमाणी
माहादेवा ९ बस्ने बर्ष २७ को प्रमोद ईसार
कृष्णसरोवन ४ बस्ने बर्ष २९ को सुधिर कुमार यादब
भारत बिहार मधुवनि बस्ने बर्ष १२ को मनिष ठाकुर
सिराह नराह गा. पा.१० बस्ने बर्ष ३० को उदय मण्डल
सप्तरी बोधेबरसाईन २ बस्ने बर्ष २५ कि आशीकि कुमारी यादव
कृष्णसरोवन ४ बस्ने बर्ष ५ कि समिक्षा यादव
सिराह लहान न.पा.६ बस्ने बर्ष ३७ कि प्रभा चौधरी
सप्तरी राजबिराज न.पा.१३ बस्ने बर्ष ३० को रिषी आनन्द देव
१४ बस्ने बर्ष २० को आदित्य झा
बोधेबरसाईन २ बस्ने बर्ष १३ कि समिक्षा कुमारी यादब
सम्भुनाथ न.पा. बस्ने बर्ष ५ को सुदिप चौधरी
बोधेबरसाईन ३ बस्ने बर्ष ९ कि चित्र रेखा बरमाणी
बोधेबरसाईन ३ बस्ने बर्ष १ कि मानवी यादव
सप्तरी बोधेबरसाईन २ बस्ने बर्ष ३५ को सुरेन्द्र चौधरी
३ बस्ने बर्ष ११ कि चित्र रेखा प्रमाणी
२ बस्ने बर्ष ६ को पसुपती चौधरी

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice