सर्वोच्चको फैसलाविरुद्ध प्रचण्ड र ओलीको ४ बुँदे संयुक्त विज्ञप्ति

काठमाडौं । सर्वोच्च अदालतले मतपत्रका विषयमा बुधबार गरेको आदेशविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन्। सर्वोच्चले प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनमा प्रत्यक्षतर्फ अलगअलग मतपत्र छाप्न ‘बाध्यकारी’ रहेको जनाउँदै त्यस विषयमा भएको प्रगतिबारे तीन दिनभित्र लिखित जवाफ पेस गर्न बुधबार निर्वाचन आयोगलार्इ आदेश दिएको थियो।
 विज्ञप्तिमा मंसिर १० र २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई प्रभावित पार्ने विषयमा आएको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। प्रचण्ड र ओलीले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा प्रमुख चार बुँदा उल्लेख गरिएको छ।

–निर्वाचनका लागि कुनै पनि किसिमको भ्रम र अन्योल हुनु हुँदैन। निर्वाचनमा अवरोध हुनु जनताको मतदान गर्ने अधिकारमाथिको हस्तक्षेप हो ।

–मतपत्रका सम्बन्धमा अनावश्यक विवादमा नअल्झिई निर्वाचनको तयारीमा सबै एकजुट हुनुको विकल्प छैन। मतपत्र छपाइको कार्य अगाडि बढिसकेकाले यसलाई रोक्ने वा अवरोध गर्ने कुरा जनतालाई स्वीकार्य हुँदैन,

–माघ सात गते अगावै निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न गरेर संसद्ले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउनुपर्ने संवैधानिक बाध्यता भएकाले निर्वाचन सार्नु उपयुक्त हुँदैन,

–निर्वाचन अयाोग लगायत सबैलाई निर्वाचनको जारी प्रक्रियालाई बिना अवरोध अगाडि बढाउन आग्रह गर्दछौँ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice