युवावस्थामै बढेको भजनमोह- ‘भागवतप्राप्तिको बाटो नै भगवानको भजन हो।’

२०५४ सालमा उदयपुर जिल्लामा जन्मिएर संस्कृतमा एसएलसी गरी काठमाडौँ  भित्रिएका मनिष रन्जन बराललाई सानैदेखि आध्यात्मिक मोह र भगवानको आस्थामा औधी शोख बढ्यो । दुखको संसारबाट पार हुनका लागि एकमात्र विकल्प नै भगवानको भक्ति हो भन्ने विश्वास राख्ने उनले थुप्रै भजनहरु रचना गरी रेकर्ड गर्ने र गाउने काम गरिसकेका छन् । उनै बरालसँग सन्तोष दाहालले गरेको कुराकानी 

-पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ?

पछिल्लो समय हाम्रा बिभिन्न धार्मिक संस्कृतिक र बिभिन्न रचनाहरुलाइ कसरी मजबुत  बनाउन सकिन्छ भन्ने विषयमा मिहेनत गरेर अघि बढ्दै गर्दा मैले आफ्नो जिवनमा एउटा आध्यात्मिक बाटोलाइ लिएको कारणले गर्दा धार्मिक भगवानको भजन ‘ धर्मशास्त्रहरुको अध्यनको विषयलाइ लिदै भजन रचना गर्न लागिरहेको छु र सङ सङै भजन एरेन्ज रेकर्डिङ लगायत धार्मिक कार्यहरुमा ब्यस्त छु।

-सांगीतिक गायन क्षेत्रमा कसरी र कहिलेदेखि प्रवेश गर्नुभयो?

सांगीतिक क्षेत्रमा प्रबेशको कुरो गर्दा प्रवेश गर्ने चाहना त पहिले देखी नै थियो तथापी प्रवेश गरेको २ बर्ष भयो ,मलाइ यस क्षेत्रमा प्रवेश गराउनुहुने लक्ष्मण रिजाल हुनुहुन्छ र मेरा अन्य अत्यन्त मिलनसार अग्रज संगीतकर्मी सन्चारकर्मी लगायत सम्पुर्ण मेरा दाइ हरु हुनुहुन्छ उहाँहरुको एकदमै साथ छ आगामी दिन हरुमा मलाइ उहाँहरुको यस्तै  साथ भए पुग्छ म खुसी छु।

Image may contain: 1 person, standing and outdoor

-हालसम्म केकस्ता गीतहरु कति गाउनुभयो?

हाल सम्म यी  मेरा सृजना हरु सुरुवात हुन् मैले मेरो आफ्नो स्वर: शब्द: संगीतमा जम्म्मा ३ ओटा रेकर्ड गराइसकेको छु। भर्खरै मात्र एउटा भजन सार्बजनिक भएको हो । र ( कृष्ण कृष्ण मनमा) ( बेहोशिमा तड्पिए पछि) जस्ता अन्य भजन हरु शिघ्र यहा हरुमाझ पस्किने कोशिशमा छु।

-युवाअवस्थामै भजन गायनको बाटो रोज्नुको कारण के हो?

सर्वप्रथम यस कलियुगमा भगवत्प्राप्तिको लागी बिकल्प भनेको मात्र भगवानको भजन हो र भगवानको भजन बिना भगवत्प्राप्तिहुन सक्दैन र मैले अगाडी पनि भनिसके मैले आफ्नो जिवनमा एउटा आध्यात्मिक बाटोलाइ अङ्गालेको कारणले यो बाटो रोजेको हु।

-भजन गाउने प्रेरणा कोबाट र कसरी मिल्यो?

सर्वप्रथमत: म आफुले आफुलाइ अत्यन्त भाग्यशाली ठान्दछु । मलाइ भजन गाउन प्रेरणा दिनुहुने परमपुजनिय स्वामिज्यु महाराज” गुरुबर्ग” र त्यसपछी मलाइ केहि समय नेपालमा (स्वयम्भु ) नामक गुरु सङ्ग संगीत ज्ञान हासिल गर्न पाइयो र बृन्दावन जाने अवसर प्राप्त भएपछी वाहा (ऋषि पाठक) नामक गुरुदेव बाट संगीत को ज्ञान हासिल गर्ने अवसर प्राप्तभयो। मैले अहिले आफ्नो संगीतलाइ निरन्तरता दिइरहेको छु र उहाँहरुको प्रेरणाले नै म यहाँसम्म छु।

-अन्त्यमा के भन्न चाहानुहुन्छ ?

अन्त्यमा के भन्छु भने मलाइ मनिष रन्जन बराल भनेर चिन्नुहुने नचिन्नुहुने सम्पुर्णमा म मनिषको तर्फ बाट हृदय देखिनै धन्यबाद भन्न चाहन्छु। सम्पुर्णले मलाइ अगाडी बढाउन अत्यन्त कोशिश गरिख्नु भएको छ हौशला प्रदान गर्नुभएकोछ र मेरो रचनाहरुलाइ अत्यन्त मनपराइदिनु भएकोछ म यसमा अत्यन्त खुसी छु जादा जादै अन्त्यमा हाम्रो गित संगीतमा पछिल्लो समय धेरैनै बिकृती आएको हामी सम्पुर्णले महसुस गरेकै छौ यस बिषयमा मैले बार बार एउटै कुरा दोहोर्याइ रहेकोछु कि पछिल्लो समय बजारमा अनावश्यक चिजलाइ बाहिर ल्याएर हाम्रो पहिलेको भेष भुशा देखिलिएए हाम्रो अहिलेको समय परिस्थिती भन्दा माथी उठेर बाहिरी देशको नक्कल गरेर यसरी नराम्रो चिजलाइ भित्र्याइ हाम्रो कला सस्कृतिले अहिले एकदमै नकारत्मक पाटो सम्हलिरहेको अव्स्था छ। यो अवस्था र हाम्रो कला संस्कृति लाइ बुझि यो गौरवमय नेपालको अस्तित्वलाइ जोगाउनको निम्ती हामी एक जुट बनौ यहि भन्न चाहन्छु। जय श्री राधे। जय श्री मुक्तिनाथ।।

 

मनीषको आवाजमा रहेको श्रीकृष्ण भजन(कृष्णजीको नामै प्यारो)

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice