राप्रपाको उम्मेदवारी फिर्ता लिएर कांग्रेसमा प्रवेश

काठमाडौं– पूर्व सांसद तथा हाल राप्रपा राष्ट्रबादीका तर्फबाट नुवाकोट क्षेत्र नं २ बाट उम्मेदवारी दिएकी राज्यलक्ष्मी पाण्डे(श्रेष्ठ)ले उम्मेदवारी फिर्ता लिएर कांग्रेस प्रवेश गरेको घोषणा गरेकी छन् । श्रेष्ठले बुधबार एक बक्तव्य जारी गर्दै आजकै मितिबाट लागु हुनेगरी राप्रपा राष्ट्रबादीको साधारण सदस्य लगायत कुनैपनि तहमा नरहनेगरी आफ्नो नाम झिकिदिन भनेकी छन् ।

उनले बुधबारै निर्वाचन आयोगमा पनि उम्मेदवारी फिर्ता लिएको सुचना दर्ता गराएकी छन् ।श्रेष्ठले आफुले गहन विष्लेषण र सुभेच्छुकहरुको सल्लाह एवं सुझाव अनुसार मुलुकको ऐतिहासिक र पुरानो लोकतान्त्रिक आन्दोलनको प्रतिक नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्ने निर्णय लिएको जनाएकी छन् । कांग्रेस प्रवेशसँगै उनले कांग्रेसबाट नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेता अर्जुननरसिंह केसीलाई सहयोग गर्ने पनि प्रश्ट पारेकी छन् ।

श्रेष्ठ गत ७० सालको संविधानसभा निर्वाचनमा राप्रपा नेपालका तर्फबाट समानुपातिक सभासद बनेपनि केही दिनअघिमात्र राप्रपा राष्ट्रबादीमा प्रवेश गरेकी  थिइन् ।श्रेष्ठ नुवाकोटको विदुर नगरपालिकाकी बासिन्दा हुन् ।
 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice