मतपत्र प्रकरणमा सर्वोच्चले तत्काल आदेश नदिएपछि चुनाव सर्ने आशंका हट्यो

काठमाडौँ । आगामी मङ्सिर १० र २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अलगअलग मतपत्र हुनुपर्ने माग गर्दै राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले दायर गरेको मुद्दाको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले तत्कालका लागी अस्वीकार गरेको छ ।

बुधबारका लागि हुने भनिएको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायधीशद्धय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अब मंसिर १० र २१ को निर्वाचन गर्न निर्वाचन आयोग र सरकारलाई कुनै बाधा नहुने भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice