उल्टियो माओवादी निर्णय, चुनाव सार्ने षड्यन्त्र भएको भन्दै सरकार नछाड्ने

काठमाडौँ । सरकार छोड्ने मनसायमा पुगेको माओवादी केन्द्रको निर्णय उल्टिएको छ ।सरकार छाड्ने तयारी स्वरुप पत्रकार सम्मेलन गरेका गृहमन्त्री जनार्दन शर्माले चुनाव सार्ने तयारी भइरहेको सूचना आएको भन्दै राजीनामा नदिने घोषणा गरे ।

सरकारबाट बाहिरिने सबै तयारी पूरा भएर अन्तिम समयमा पुगेका बेला सरकारले चुनाव सार्दै छ भन्ने सूचना पाएकाले आफूहरु सरकारमै रहिरहे चुनाव निश्चित गर्ने गृहमन्त्री शर्माले बताए। सरकारबाट बाहिरिने पत्रसमेत देखाउँदै शर्माले भने, ‘हामी प्रदेश र प्रतिनिधिसभाको चुनाव गराउनका लागि पनि सरकारमै बस्नुपर्ने निर्णयमा पुगेका हौँ ।’

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई यसको जानकारी गराउने तयारी गरिरहेका बेला प्रधानमन्त्रीले चुनाव सार्ने तयारी गरिरहेको सूचना पाएको उहाँले दावी गरे। विपक्षी दल एमालेसँग गठबन्धन गर्ने घोषणा गरेपछि माओवादी केन्द्र र मुख्य सत्तारुढ घटक नेपाली कांग्रेसबिच दुरी बढेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice