रेष्टुरेण्टमा भाँडा माझ्नेदेखि एनआरएन अध्यक्षसम्म

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनको अन्तराष्ट्रिय समन्वय समितिको अध्यक्षमा जापानका भवन भट्ट विजयी भएका छन् । एनआरएनको आठौँ विश्व सम्मेलन अन्तर्गत सोमबार भएको निर्वाचनबाट ११९७ मतका साथ भट्ट विजयी भएका हुन् ।

यसअघि २ कार्यकालसम्म अध्यक्ष रहेका निवर्तमान अध्यक्ष शेष घलेकी पत्नी रहेकी प्रतिद्वन्दी जमुना गुरुङलाइ भट्टले अत्याधिक मतका साथ पछि पारेका छन् ।जमुनाले कुल ५८४ मत प्राप्त गरेकी छिन ।यसैगरी उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएका छन्। महासचिवमा बद्रि केसी, सचिवमा डिबी क्षेत्री, कोषाध्यक्षमा हिक्मत थापा र सहकोषाध्यक्षमा सोम सापकोटा निर्वाचित भएका छन्।

सोमबार साँझ ५ः३० बजे शुरु भएको मतदान राती ११ः१५ बजे सकिएको थियो। एनआरएनए निर्वाचनमा १८५४ मतदाता रहेकोमा १९ जना बाहेक १८३५ जनाले मतदान गरेका थिए।

भट्टले आफ्नो कार्यकालमा एनआरएन स्थापना कालदेखि सुरु भइ पुरा नभएका ऐजेन्डाहरुमा काम गर्ने बताए । ‘एनआरएनएमा हालसम्म सुरु भएका सबै एजेन्डा अघि बढाउने छु,’ उनले भने, ‘निर्वाचनमा हारजित स्वभाविक हो । सबै एनआरएनएलाई एकढिक्का बनाई काम गर्ने छु ।’

विद्यार्थीका रुपमा जापान छिरेका भट्ट रेष्टुरेण्टमा भाँडा माझ्ने काम गर्दै विस्तारै व्यावसायी बनेका थिए, अहिले उनी २९० रेष्टुरेण्टका मालिक बनेका छन्। त्यसबाहे अरु व्यावसायमा पनि उनको ठूलो लगानी छ।जर्मनीका कुमार पन्त अध्यक्षमा भट्टलाई समर्थन गर्दै उपाध्यक्ष पदको उम्मेदवार बनेपछि भट्ट अध्यक्षका बलियो दाबेदार बनेका थिए। एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतो र जीवा लामिछानेले पनि भट्टलाई नै साथ दिएका थिए।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice