अष्ट्रेलियामा रहेर व्यवसाय र समाजसेवालाई सँगसँगै डोर्याउदै नील थपलिया

नेपाल सरकारबाट वेस्टर्न अष्ट्रेलियाको पर्यटन दूतको रुपमा नियुक्त गरिएका नील थपलिया हाल अष्ट्रेलियामै रहेर नेपालीहरुको सेवामा तल्लीन रहँदै आफ्नो व्यापार व्यवसायलाई पनि अगाडि बढाइरहेका छन् । अष्ट्रेलियामा रहेर नेपाली कांग्रेसको जनसम्पर्क समितिमा आबद्ध रहेका उनी अब छिटै हुन लागेको समितिको महाधिवेशनमा उनी सबैको साथ र समर्थन पाए समितिको अध्यक्षमा उम्मेदवार बन्ने तयारीमा पनि छन् ।

नेपालमा रहँदा नेविसंबाट राजनीति पनि सुरु गरेका थपलिया  विद्यार्थी अवस्थामा नै सन् १९९८ मा अध्ययनको लागि सिंगापुर गएका थिए । तीन वर्षको सिंगापुर बसाइपश्चात २००१ मा उनी नेपाल फर्किए ।सिंगापुरबाट फर्किएर काठमाडौँको पुतलीसडकमा थपलियाले सेन्चुरी रेष्टुरेण्ट सन्चालन गरे । करिब दुई वर्षको रेष्टुरेण्ट  सन्चालनपश्चात अध्ययन र कामको सिलसिलामा उनी सन् २००३ मा बेलायत गए ।

बेलायतबाट सन् २००८ मा थपलिया नेपाल फर्किए र विवाह गरे ।विवाहलगत्तै २००८ मै उनी अष्ट्रेलिया उडे । दुई वर्षसम्म नेपालमा गरेको रेष्टुरेण्ट संचालानको अनुभवलाई उपयोग गर्दै थपलियाले २०११ मा अष्ट्रेलियामै नेपाली स्वरुपको गोर्खाज रेष्टुरेण्ट खोले।  हाल अष्ट्रेलियामा उनका ३ वटा रेस्टुरेन्ट सन्चालनमा रहेका छन्  भने केही समयमै मेलवर्नमा अर्को एउटा नयाँ रेष्टुरेण्टको ओपनिङ गर्ने तयारीमा छन् ।

आफ्नो नियमित व्यवसायसंगै समाजसेवालाई पनि साथसाथै डोर्याउदै छन् थपलिया। सन् २००८ देखि हालसम्म अष्ट्रेलियामा रहेका र दुख अप्ठेरोमा परेका नेपालीहरुलाई प्रत्यक्ष रुपमा सहयोग र उद्दार पनि गर्दै आइरहेका छन् । त्यस्तै भर्खरै स्टुडेण्ट भिसामा त्यहाँ पुगेका नेपालीहरुलाई तत्काल बस्ने बास र खानाको व्यवस्था नभएसम्मको लागि आफ्नै घरमा राखेर खाने बस्ने व्यवस्था पनि सन्चालन गर्दै आइरहेका छन् । त्यसैगरी उनले आफ्नै रेष्टुरेण्टमा प्रत्यक्ष रुपमा ३५/४० जनालाई र अप्रत्यक्ष रुपमा करिब ३०० नेपालीहरुलाई  नियमित  रोजगारी पनि दिएका छन् ।

साथै निकट भविष्यमै आफ्नै लगानीमा नेपालमै एउटा पाँचतारे होटल सन्चालन गर्ने तयारी भईरहेको पनि थपलियाले बताएका छन् । हाल आफ्नो परिवारलाई भन्दा सामाजिक कार्य र सेवामा बढी तल्लें रहेका उनी सधैंभरी दुख र पीडामा परेका नेपालीहरुलाई   सहयोग गरिरहने बताउछन । सामाजिक सेवाबाट अरु केही प्राप्त नभए पनि आत्मसन्तुष्टि मिलेकोमा ऊनी खुसी पनि देखिन्छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice