एमालेको समानुपातिक बन्दसूची माधवकुमार नेपाललाई अमान्य

काठमाडौँ । नेकपा एमालेले आगामी चुनावका लागि निर्वाचन आयोगमा आइतबार बुझाएको समानुपातिक तर्फको बन्दसूचिप्रती माधवकुमार नेपालको समूहले असन्तुष्टि प्रकट गरेको छ।

पार्टी अध्यक्ष केपी ओलीले उम्मेदवार छनौट समितिले सिफारिस गरेका भन्दा पनि आफ्ना निकटहरुको नाम एकलौटी रुपमा लिस्टमा राखेको भन्दै एमालेमा विवाद चुलिएको छ । एक स्थायी कमिटी सदस्यले भने ‘अध्यक्षले सामान्य छलफल गराएर एकलौटी रुपमा समानुपातिकको सुचि आयोगमा बुझाउन खोज्नुभएको रहेछ । हामीहरुले त्यो निर्णय नमान्ने भन्दा बैठकमै चर्काचर्की भयो ।’

आइतबार ६ घण्टा सम्म चलेको एमालेको स्थायी समितिको बैठक सहमतिमा नपुगी विवादकै बीच सकिएको थियो । करिब ८ बजे माधवकुमार नेपालले ‘म यो बन्द सुचि मान्दिन जे मन लाग्छ गर्नु । यो सुचि पार्टीको आधिकारीक होइन’ भन्दै बैठक छाडेर हिडेका थिए ।

उमहासचिव घनश्याम भुसालले अहिले सम्मका काम कारवाहि हेर्दा अध्यक्षले पार्टीमा एकलौटी गर्न खोजेको देखएको बताए । ‘त्यसको निरन्तरता समानुपातिकको बन्द सुचि निमार्णमा पनि देखियो । यसको विरोध गरेका हौ । विरोध गरेपछि विवाद हुनु स्वभाविक नै हो ।’ उनले भने ।

One thought on “एमालेको समानुपातिक बन्दसूची माधवकुमार नेपाललाई अमान्य

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice