वालुवाटारमा गच्छदारले उपसभापति रोज्दा विमलेन्द्र निधि रुष्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकता प्रक्रियाबाट आउन लागेका बिजयकुमार गच्छदारलाई उपसभापति बनाउने भएका छन् । नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच सोमवार पार्टी एकता हुन लागेको छ । एकताबाट आउन लागेका गच्छदारलाई देउवाले उपसभापति बनाउने भएका छन् ।

पार्टी एकताको प्रस्ताव गर्दा नेपाली कांग्रेसले गच्छदारलाई महामन्त्री दिने बताएको थियो । तर गच्छदारले उपसभापति मागेका कारण केही समय पार्टी एकता प्रक्रिया रोकिएको थियो । शनिवार कांग्रेस सभापति देउवा गच्छदारलाई उपसभापति दिन तयार भएको स्रोतले बताएको छ ।

गच्छदारलाई उपसभापति बनाउने भएपछि देउवाकै प्रिय पात्र विमलेन्द्र निधी रुष्ट बनेका छन् । उपसभापतिको दावी गर्दै आएका निधि अब महामन्त्रीमा थन्किने पक्का भएको छ । निधि मात्र नभई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु पनि देउवाप्रति रुष्ट बनेका छन् ।

१० बर्षअघि कांग्रेस छोडेर उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरममा गच्छदारले प्रवेश गरेका थिए । एक बर्ष नहुँदै उनलले मधेसी जनअधिकार फोरमबाट बिभाजन भई मधेसी जनअधिकार फोरम लोकतान्त्रिक बनाएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice