सानो पार्टीको नेताभन्दा ठुलो पार्टीको कार्यकर्ता बन्न एमाले प्रवेश गरेँः निवर्तमान उपसभामुख

काठमाडौं । राप्रपा नेता तथा निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर यादवले एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् ।

बालकोटमा आयोजित पत्रकार सम्मेलनमा यादवले सानो पार्टीको नेता बन्नुभन्दा ठुलो पार्टीको कार्यकर्ता बन्न एमालेमा प्रवेश गरेको बताए । ‘साना साना पार्टीमा लागेर देशको हित हुँदैन भन्ने मैले बुझे, त्यही भएर ठुलो पार्टी एमालेमा प्रवेश गर्ने निर्णय गरेँ, यादवले भने ।

यादव राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता पनि हुन् । २०४८ सालमा राप्रपा गठन हुँदा उनी केन्द्रीय सदस्य थिए । राप्रपाबाटै समानुपातिक सांसद र उपसभामुख बनेका यादव एमालेमा प्रवेश गरेका छन् ।

यादवसँगै पूर्वजनमुक्ति सेनाका केही नेताहरु पनि एमालेमा प्रवेश गरेको एमाले अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice