८८ दलले आज समानुपातिक बन्दसुचि बुझाउने, उम्मेद्धार छान्न सकस

काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका दलहरुले आइतवार समानुपातिक सुचि बुझाउने भएका छन् । निर्वाचन आयोगमा ८८ दल दर्ता भएका छन् । ८८ दलले समानुपातिक उम्मेद्धारहरुको उम्मेद्धारी दर्ता गराउने भएका छन् ।

निर्वाचन आयोगले आइतवार विहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । आयोगमा दर्ता भएका दलहरुले संघका लागि ११० स्थान र प्रदेशमा २२० स्थानमा समानुपातिक उम्मेद्धारी दर्ता गर्ने भएका छन् ।

समानुपातिक उम्मेद्धारको बन्दसुची बुझाउने दिनसम्म दलहरुले अन्तिम सुचि तयार पारिसकेका छैनन् । प्रमुख दलहरुमा आकांक्षी धेरै भएपछि अन्तिम सुचि तयार पार्न सकेका छैनन् । कांग्रेस, एमाले र माओवादी केन्द्रलाई समानुपातिकको अन्तिम बन्दसुचि तयार गर्न सकस परेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice