एनआरएनको नयाँ नेतृत्वले पराजित साथीहरुको एजेन्डालाई पनि साथै समेटेर लैजानुपर्छ

गैरआवासीय नेपाली संघ एनआरएनको यही अक्टोबर १६ तारिखका दिन नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । गत जुलाईमा  भएको आइसीसी सदस्यको निर्वाचनबाट आइसीसी सदस्यमा चयन हुनुभएका एनआरएन अष्ट्रेलियाका निवर्तमान उपाध्यक्ष  राज थपलियासँग एनआरएनले गरेका कार्यक्रमहरु र निर्वाचनको विषयमा यस काठमाडौँ डटकमका लागि सन्तोष दाहालले गरेको कुराकानी
-.एनआरएनभित्र आसन्न चुनावको तयारी कस्तो हुँदै छ ?
तयारी त भव्य नै भईरहेको छ, सबै देशबाट साथीहरु पनि चुनावको लागि आइसक्नुभएको छ । अहिले काठमाडौँको गर्मी र चुनावी सरगर्मी संगसंगै लागिरहेको छ ।
-तपाईं भर्खरै एनआरएनको आइसीसी मेम्बर बन्नुभएको छ,तपाइँ लगायत एनआरएनले गर्ने प्रमूख कार्यहरु केके हुन् ?

गत जुलाईमा भएको निर्वाचनबाट ६ जना सदस्यमध्ये म पनि आइसीसी मेम्बरमा निर्वाचित भएको छु,आगामी १६ तारिकमा हुने एनआरएनको निर्वाचनबाट नयाँ अध्यक्ष चयन हुँदै हुनुहुन्छ,जसमा ३ जना प्रतिस्पर्धीहरु जमुना घले,भवन भट्ट र टिवी कार्की । उहाँहरुमध्येबाट एकजना आगामी नयाँ नेतृत्वका लागि जो छानिनुहुन्छ,उहाँको टीमसंग बसेर हामीले आपसमा सल्लाह गरी तयार भएका योजनाहरुलाई कार्यान्वयन गर्ने नै हो । एनआरएनको प्रमूख उद्देश्य नै प्रवासमा बसेर नेपालमा लगानी भित्र्याउने हो ,विदेशमै बस्ने मात्र होइन कि,नेपालीले नेपालीलाई भन्ने मूल नाराका साथ् नेपालमा दुखमा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्नु हो, दुई वर्षअघि नेपालमा गएको महाविनाशकारी भूकम्प र यस वर्षको बाढीको विपदमा पनि हाम्रो संस्थाको निवर्तमान अध्यक्ष शेष घलेको नेतृत्वको टोली नै आएर देशका विभिन्न स्थानमा राहत वितरण गरेका थियौं। म आफू पनि दुई कार्यकालसम्म एनआरएन अष्ट्रेलियाको उपाध्यक्ष भएर काम गरिसकेको नाताले मैले पनि सोही टीम संग र आफ्नै पहलमा पनि यहाँ आएर २ महिनासम्म दोलखा,रामेछाप,धादिङ्ग लगायतका भूकम्प प्रभावित जिल्लाहरुमा सक्रियताका साथ राहत वितरण गर्ने काम सम्पन्न गर्यौं । त्यसैगरी अहिले हाम्रो संस्थाले भूकम्पको केन्द्रबिन्दु रहेको गोर्खाको लाप्राकमा घर बनाउने कार्यहरु गरिरहेको छ । एनआरएनको आफ्नै भवन पनि बन्दै छ ।
Image may contain: 1 person, sitting and screen
-अब चयन हुन लागेको नयाँ नेतृत्वको भावी योजनाहरु चाहिं केके छन् ?
अबको भावी योजनाहरु पनि त्यही लाप्राकको घर बनाउने कार्यलाई निरन्तरता दिने र जतिसक्दो चाँडो विस्थापित परिवारहरुलाई घर हस्तान्तरण गर्नु प्रमूख कार्य हो ।त्यसैगरी जमुना घले जो अध्यक्षको दावेदार हुनुहुन्छ र निवर्तमान अध्यक्ष शेष घलेको श्रीमती पनि हुनुहुन्छ,उहाँको पनि आफ्नै भिजन ट्वान्टी ट्वान्टी जस्ता आकर्षक योजनाहरु पनि रहेका छन्। त्यसैगरी भवन भट्ट जो जापानमा रहेर पनि नेपालीहरुको पीडा र दुखमा हमेशा तल्लीन भएर सहयोग गरिरहनुभएको छ,उहाँका पनि दुरदर्शी योजनाहरु रहेका छन् । जो नेतृत्वमा आए पनि उहाँहरुको योजनालाई हेरेर त्यसलाई सफल रुपमा कार्यान्वयन गर्दै अघि बढ्ने हो ।
– एनआरएन अष्ट्रेलियाको उपाध्यक्ष भएर तपाईंले व्यक्तिगत रुपमा गरेका कार्यहरु चाहिँ केके छन् ?
२०१३ देखि २०१७ सम्म म अष्ट्रेलियाको उपाध्यक्ष भएर काम गर्ने अवसर पाएको थिएँ, त्यसअघि २०११ मा पनि मैले ज्वाइन सेक्रेटरी भएर काम गरेको थिएँ ।म वेस्टर्न अष्ट्रेलियामा बस्छु,जुन सिड्नीबाट अलि टाढाको स्थान मानिन्छ। यहाँ बसेर हामीले नेपाललाई विभिन्न ठाउँमा चिनाउनको लागि नेपाल फेष्टिभल गर्यौं ,त्यहाँ नेपाली लगायतका हजारौं विदेशीहरु पनि आएका थिए ,त्यसैगरी हामीले त्यहाँका स्थानीय संघसंस्थाहरुसंग समन्वय गर्दै एकअर्कामा सहयोगको भावनाले पनि काम गर्दै आइरहेका छौं ।नेपालमा भैपरी रुपमा आउने आकस्मिक प्राकृतिक विपदहरुमा हामीले जतिसक्दो चाँडो सहयोग पुर्याउने काम गर्छौं ।-तपाईंहरुले सन्चालन गरेका राहत र सहयोगका कार्यक्रमहरु केकेती प्रभावकारी भएका छन् ?
हामी आफैं नै फिल्डमा बसेर त्यस्ता कार्यक्रमहरु संचालन गरिरहेका छौं । हामी प्रवासमा बसेर पैसा पठाएर होइन कि ,शेष दाई आफैं समेत प्रभावित स्थानमा पुगेर त्यस्ता कार्यक्रमहरु संचालन गर्नुहुन्थ्यो,जुन अति नै सराहनीय कार्य हो । तसर्थ हाम्रो चुहावट एकदमै कम छ ,त्यसैले मलाई जहाँसम्म लाग्छ, हाम्रा कार्यक्रमहरु अति नै प्रभावकारी भएका छन् ।-जनताका प्रतिक्रियाहरु कस्तो पाउनुभएको छ ?
प्रतिक्रिया त मिश्रित रुपमा आउछन, कसैले एनआरएनमा राजनीति भयो पनि भन्नुहुन्छ,कसैले एकदमै पारदर्शी छ पनि भन्नुहुन्छ ।मलाई जहाँसम्म लाग्छ, जति पनि हामीले नेपालमा राहत वितरणका कार्यहरु गर्यौं, त्यो अति नै प्रसंसनीय भएको छ ।

-अन्त्यमा तपाईंले भन्नैपर्ने कुराहरु केही छन कि ?
अबको निर्वाचनबाट जुन समूह नेतृत्वमा आउनेछ,उहाँहरुले पराजित समूहलाई पनि उचित तवरले समेटेर सबैका योजना र एजेन्डालाई समान रुपमा कार्यान्वयन गर्ने वातावरण बनोस भन्ने भावी अध्यक्षलाई आग्रह गर्दछु । जहाँसम्म लाग्छ,उहाँहरुले मिलाएर नै लाग्नुहुन्छ ।त्यसको कुनै विकल्प पनि छैन । अहिले अष्ट्रेलियामा रहने अधिकांश साथीहरुले प्रमूख पदहरुमा आफुले मात्र पाउनुपर्ने भनेर दावी गरिरहनुभएको छ,त्यसलाई चाहिँ म मान्न तयार छैन ।किनकि सबै मेजर पदहरु अष्ट्रेलियाले मात्र पाउनुपर्ने भन्ने होइन,सबै स्थानका साथीहरुलाई साथमा लिएर जानुपर्ने हुन्छ ।त्यस्तै संस्थाको पदमा बसेर मात्रै योगदान दिने नत्र नदिने भन्ने कुरा पनि हुदैन ।जो संस्थाका अग्रज हुनुहुन्छ,उहाँहरुसंग मिलेर पदबाहिरै बसेर पनि योगदान दिन सकिन्छ ।तसर्थ बाहिर राम्रो सन्देश दिनका लागि पनि मिलेर अगाडी बढ्नुहोला भन्न चाहान्छु ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice