मन्त्रालयमै मन्त्रि असुरक्षित, शिक्षामन्त्रीलाई कालोमोसो दल्ने प्रयास

काठमाडौं । शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कालोमोसो दल्न मन्त्रालय पुगेका बिद्यार्थी नेता र कर्मचारीबीच झडप भएको छ । कालोमोसो दल्न पुगेका बिद्यार्थीलाई कर्मचारीले रोक्न खोजेपछि झडप भएको हो ।

एमाले, माओवादी केन्द्र निकट ९ विद्यार्थी संगठनहरु ज्ञापनपत्र बुझाउने भन्दै मन्त्रीको कार्यकक्षमा पुगेका थिए । त्यसलगत्तै उनीहरुले ढोका थुनेर शिक्षामन्त्रीको राजीनामा माग्दै नाराबाजी सुरु गरेका थिए ।

शिक्षा विधेयकको नवौ संशोधन फिर्ता र बिभिन्न कलेजहरुलाई दिइएको सम्वन्धन खारेज गर्नुपर्ने माग गर्दै आएका छौ । बिहीबार बसेको नौ विद्यार्थी संगठनहरुको बैठकले शिक्षामन्त्री श्रेष्ठले नेपालको शिक्षा नीतिलाई तहस नहस गरेको आरोप लगाउँदै सार्वजनिक बहिष्कार गर्ने निर्णय गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice