गोदावरी फूलको ११ औं प्रतियोगितात्मक प्रदर्शनी जावलाखेलमा सुरु (फोटोफिचर)

काठमाडौं। ‘रोपेर फूल गोदावरी सजाऔं घर आँगन वरीपरि’ भन्ने नाराका साथ फ्लोलिकल्चर एशोसियन नेपालले ललिपुरको  जावलाखेलमा असोज २६ गतेदेखि २९ गतेसम्म गोदावरीको फूलको एघारौं प्रतियोगितात्मक प्रदर्शनी शुरु गरेको छ । मेलामा गोदावरी फूलको प्रजातीमध्ये स्पाईडर, मिनियचर, इन्क्रर्भ र रिफ्लेक्समा प्रतियोगितामा समावेश गरिएका छन । ।एशोसियनले फूल मेलामा प्रदर्शनीमा राख्नु अगाडि पुष्प विज्ञहरुल उत्कृष्ट छनोट गरेका फूलहरु प्रदर्शनीमा राखिएका छन ।

फूलको गुणस्तरीयता, आकर्षण, स्वास्थता र फूलको आकारसहित फूलको चारवटा मापदण्ड निर्धारण गरी उक्त मापदण्डका आधारमा फूलहरुको स्टल प्रदर्शनीमा राखिएका फ्लोरिकल्चर एशोसियनका अध्यक्ष कुमार कसजुले बताउनुभयो ।
प्रदर्शनीमा राखिएका फुलका आधारमा पुष्प व्यवसायिहरुलाई प्रथमः द्धितिय र तृतिय गरी बिहिवार नै घोषणा गरिएको छ ।

उक्त विधाका आधारमा पुष्प विज्ञहरु सहितको पुरस्कार छनोट समितिले प्रथमः हुने सम्झना नर्सनरी, द्धितिय हुनेमा अजिमा नर्सरी र तृतिय हुने सिस्टता नर्सरीलाई क्रमशः आठ, पाँच र तीन हजार रुपियाँ सहित नगद पुरस्कार र शिल्ड प्रदान गरिएको जानकारी दिनुभयो । बिहान ८ देखि १० बजेसम्म भएको उक्त प्रतिपर्धात्मक प्रतियोगितामा पश्चात मात्र फूल प्रदर्शनीमा राखिएको हो ।

फ्लोरिकल्चर एशोसियनका अनुसार मेलामा व्यवसायिक स्टल ४४ वटा, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिसपर्धात्मक प्रदर्शनी स्टल ३ वटा गरी ५० वटा स्टलहरु राखिएका छन । मेलामा ३५ हजार जनाले अवलोकन गर्ने र ४५ लाख रुपियाँको व्यवसायिक कारोबार हुने एशोसियनले अपेक्षा गरेको छ ।

यसैबीच बिहिवार भएको मेलाको उद्घाटन गर्दै कृषि राज्य मन्त्री सरिता प्रसाँइले मेलाले पुष्प व्यवसायमा लाग्ने सबैलाई आकर्षण गर्ने बताउनुभयो । यस्ता मेलाले किसानलाई पुष्प खेतीतर्फ लाग्न थप हौसला प्रदान गर्ने भन्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा कृषि मन्त्रालयका सचिव डा.सुरज पोखरेल, नेपालमा पुष्प व्यवसायले ४१ हजार किसानलाई रोजगारी प्रदान दाबी गर्दै यो संख्या बृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा कृषि विभागका उपमहानिर्देशक रमेश सञ्जेल, वनस्पति विभागको उपमहानिर्देशक ज्योति भट्ट, र फलफूल विकास निर्देशनालयका निर्देशक रमिता मान्धरले नेपालको माटो फूल खेती योग्य भएकाले किसानहरु पुष्पखेतीमा आत्म निर्भर बन्नु सकिने बताउनुभयो ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice