स्व. गौचनको आज अन्त्यष्टि, प्रधानमन्त्रीद्वारा अन्तिम श्रद्धान्जली अर्पण

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष स्व शरदकुमार गौचनको आज अन्त्येष्टि गरिने भएको छ । गत सोमबार अज्ञात समूहको गोली प्रहारबाट मारिएका गौचनका हत्यारा पत्ता लागी नसकेको भएपनि सरकारले उनलाई सहिद घोषणा गर्ने र चाँडोभन्दा चाँडो हत्यारा पक्राउ गरी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि गौचनको शव बुझी अन्त्येष्टि गर्न परिवार सहमत भएका हुन् ।

आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा अनामनगरस्थित महासंघ प्रांगणमा राखिएको गौचनको पार्थीव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । गौचनप्रति अन्तिम श्रद्धाञ्जली दिन कांग्रेस, एमाले, माओवादीलगायतका दलका नेता साथै उद्योगी व्यवसायी पनि पुगेका थिए ।

सरकारले गौचनका हत्यारा प्रक्राउ गर्न आलटाल गरेको भन्दै ब्यबसायीले आज काठमाडौँ उपत्यकाका विभिन्न स्थान र भोली राजमार्गमा चक्का जाम गरेर दबाब दिने तयारी गरिरहेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice