दीपावलीको अवसरमा असोज २६ देखि वृहत पुष्प प्रदर्शनी आयोजना हुँदै

सन्तोष दहाल, काठमाडौँ । नेपाली पुष्प व्यवसायीहरुको छाता संगठन फ्लोरिकल्चर एसोसियसन नेपालले यस वर्षको तिहारको अवसर पारेर ११ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी-२०७४ आयोजना गर्ने भएको छ। रोपेर फूल गोदावरी,सजाऔं घर आँगन वरिपरी भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त प्रदर्शनी यही असोज २६ गतेदेखि ४ दिनसम्म जावलाखेलस्थित खेल मैदानमा आयोजना हुन लागेको एसोसियसनद्वारा मंगलबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी गराइयो।

प्रदर्शनीको बारेमा जानकारी गराउदै कृषि मन्त्रालयका कृषि व्यवसाय शाखा प्रमूख सिरिश पुनले अन्य कृषि व्यवसायभन्दा पुष्प व्यवसाय विल्कुल पृथक रहेको र नेपालको सन्दर्भमा यो व्यवसायको राम्रो सम्भावना रहेको कुरा प्रष्ट पारेका छन्। तर नेपालीहरुले यसको सम्भावनालाई बुझ्न नसकेर यसलाई सीमित दायरामा राखेर हेर्नाले यसबाट सोचेजति उपलब्धि हासिल गर्न नसकेको बताउदै पुनले पुष्प व्यवसायमा पनि आधुनिक प्रविधिमा जोड दिनुपर्ने औंल्याए।

त्यसैगरी पत्रकारहरुको जिज्ञासाको जवाफ दिंदै फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले हाल नेपालमा वार्षिक ६ करोड बराबरको फूलको  आआत र ३ करोड  ६५ करोडको फूल निर्यात हुने जानकारी गराए। नेपालमा पुष्प व्यावसाय आर्थीक वर्ष २०७३ /७४ सम्म आईपुग्दा हाल लगभग ३९ जिल्लामा लगभग ६ सय ७८ पुष्पव्यावसाय विस्तार भईसकेका छन भने १ सय ५३ क्षेत्रफलमा पुष्प व्यावसाय हुने गरेको छ । गत आर्थीक वर्षमा एक अर्व ७१ लाख वरावरको फूलको कारोबार भएको पनि अध्यक्ष श्रेष्ठले बताए।

उक्त प्रतियोगितात्मक प्रदर्शनीमा ४ जातका गोदावरी फूल स्पाईडर, मिनियचर, इन्क्रर्भ र रिफ्लेक्सलाई प्रतिष्पर्धा सहभागी गराउनका लागि ३ ओटा छुट्टै स्टल राखिनेछन्। त्यसैगरी पुष्प व्यवसायीहरूमा जसले मिहिनेत गरेर राम्रो उत्पादन गरेका छन्, उनीहरूलाई अझै प्रोत्साहित गर्न पुरस्कार पनि दिइने आयोजकले बताएका छन्। नेपालको लागि आवश्यक फूल नेपालमै उत्पादन गर्न सकियोस तथा नेपाली फूलको बजार व्यापक विस्तार गर्न सकियोस भन्ने यस मेलाको उद्देश्य रहेको पनि आयोजकले जनाएको छ ।

मेलावाट पुष्प व्यावसाय सञ्चालन गर्न चाहने, घर आगँन तथा वगैँचा सजाउन चाहने, फूल विरुवा प्रति अभिरुचि राख्ने तथा यससम्बन्धी ज्ञान हासिल गर्न चाहने सवैलाई पुष्प व्यावसाय को क्षेत्रमा भए गरेका नयाँ-नयाँ प्रविधी र उपलव्धी सहितका जानकारी समेत मेला स्थलवाटै प्रदान गरिने एसोसिएसनका महासचिव मिनबहादुर तामाङले जानकारी गराएका छन्।त्यसैगरी मेला आयोजक कमिटी गठन गरी अवार्ड बनाउने, चौर, टेन्ट, पानी, बत्ती व्यवस्थापनका लागि भनेर सबैलाई कामको बाँडफाँड गरेर प्रदर्शनीको तयारी हुदैछ । मेलामा व्यावसायिक स्टलहरू ४४ ओटा, सुचनामुलक स्टल ३ ओटा, प्रतीस्पर्धात्मक ३ ओटा गरि जम्मा ५० ओटा स्टल रहने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice