एमाले माओवादी पार्टी एकताको लागि औपचारिक बसस सुरु, होला त एकता ?

काठमाडौँ । कम्युनिष्ट भएर पनि लामो समयदेखि एकअर्काको आलोचना गर्न र पछाडी धकेल्नका लागि नै माहिर रहेका नेकपा एमाले र माओवादी केन्द्र अहिले आएर भने पार्टी एकता गर्ने चर्चा चुलिन थालेको छ। एकता गर्ने विषयमा पार्टीहरुभित्र औपचारिक बहस नै सुरु भईसकेको छ।

दुवै पार्टीका अध्यक्षसहितका शीर्ष नेतृत्व तहले नै एउटै कम्युनिस्ट पार्टी बनाउने विषयमा छलफल चलाएका छन् ।तीन दिनयता शीर्ष तहमा चुनावी तालमेलदेखि पार्टी एकताका विषयमा केन्द्रित छलफलपछि दुवै पार्टी एकताकै तहमा पुगेका हुन् । दुई वामपन्थीबीच एकता हुने स्तरसम्मै छलफल चलेपछि राजनीतिक तहमा नयाँ तरंग पैदा भएको छ । यसबारे टुंगोमा पुग्न शीर्ष नेतृत्वबीच मंगलबार थप छलफल हुने माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
एमालेसँग प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तालमेल सहित पार्टी एकता प्रक्रिया अगाडि बढाउन निर्यायक वार्तामा बस्नुअघि मंगलबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा माओवादी केन्द्रको बैठक बसेको छ।सोमबार माओवादी केन्द्रको सचिवालय बैठकले एमालेसँग निर्णायक वार्ता गर्न अध्यक्ष दाहालको नेतृत्वमा नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेको तीन सदस्यीय संयोजना समितिलाई जिम्मा दिएको थियो। दाहाल निवासमा मंगलबार बिहान श्रेष्ठ र थापासहितको बैठक भएको हो।

‘दुवै पार्टी नेतृत्वका बीचमा छलफल गर्दै जाँदा तालमेल र पार्टी एकतासम्मकै प्रस्ताव बनेको हो’, नेता श्रेष्ठले भने, ‘पहिलेदेखि दुई पार्टीबीच छलफल चल्दै आएको थियो, अहिले त्यसले बढी मूर्तता पाउन लागेको हो । तर, टुंगोमा पुगिसकेका छैनौं । भोलि (मंगलबार) हामी दुवै पार्टीको शीर्ष तहमा छलफल गरेर एउटा टुंगोमा पुग्ने प्रयास गर्छौं ।’

एमाले र माओवादी केन्द्रले आगामी निर्वाचनमा ६०/४० प्रतिशत अनुपातमा भागवण्डा गरी उम्मेदवारी दिने मोटामोटी सहमति भएको श्रेष्ठले बताए।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice