परदेशको दुख (कथा)

कृष्णराज जोशी


गोविन्द कामको सिलसिलामा बिदेशिएको धेरै भयो, उसलाइ आफू बिदेशिनुको दुखेसो पहिले आफैसङ्ग अनि देश चलाउनेहरु र राजनीतिसङ्गछ । उ आफू बिदेशिनुको कारणहरू यिनै कुरालाइ मान्छ, आफ्नो परिवारलाइ पनि केही दोषी देख्छ ।
सक्दो सामान्य जीवन बिताउन खोज्ने उसका चाहानाहरु सिमित मात्र थिए, आज पनि उ जीवन सकेसम्म सामान्य तरिकाले बाच्नुपर्छ भन्ने ठान्छ र त्यही तरिकाले बाचिरहेकोछ, बिदेशको कमाइ अनि त्यहाको तडक भडकले उसलाइ छुदैन ।
उसको सोचाइमा जीवन “भोगहरुको भोक मात्र हैन यो सरलताका साथ सुक्ष्मरुपले नियाल्दै बाचिनुपर्ने निहितार्थको खोज हो” । उ जीवनका असिमित चाहानाहरुलाइ सिमितपार्दै बाच्न खोज्छ तर पनि उसका ति थोरै सिमित चाहानाहरुको परिपुर्ती र दैनिक गुजारा पनि देशमा बसेर पूराहुन नसक्दा उ बिदेशिनु पर्यो यहि कुरा उसलाइ दुखिरहन्छ, विभिन्न माध्यमले उ आफ्ना ती दुखेसाहरु बेलामौकामा पोखिरहन्छ र कारण खोजिरहन्छ । उ आफ्ना दुखको कारक आफै हो वा समय, देशको वातावरण, परिस्थिति वा केवल उसको निजात्मक दुखेसो मात्र ?

एक ब्यक्ति समाज अनि परिवार बिना अधुरो हुन्छ, उ समाज र परिवारको लागि बाच्छ, झन परिवारको लागि त हरसम्भव दुखगर्छ ताकी उसलाइ दुखपर्दा अप्ठ्यारोहुदा तिनको साथ सहयोग पाइयोस ।

हामी नेपाली पुर्खा र भौगोलिकता बिषयमा निकै फुर्ती गर्छौ तर हामी एसियाको दोश्रो गरिब देशका मानिस, हामी अभाव, दुखका कुरा गरेर कहिल्यै थाक्दैनौ, भावुक बन्छौ, ती भावना लेखेर बोलेर अनि आपसी सम्बादका माध्यमले एक अर्कासङ्ग साटासाट गर्छौ, तिनै अभाव पिडा दुखका कथा लेख्छौ उपन्यास लेख्छौ, आज भोलि स्वदेशमा बस्नेहरुको भन्दा बिदेशिएकाहरुको पिडा दुख्छ किनकी अहिले अधिकाङ्स युवा गोविन्द जस्तै आफन्त, समाज, देश, प्रेमी, साथी सङ्गी, बाल बच्चा छोडेर बिदेशिएकाछ्न त्यसैले अहिले यो बिषयमा लेखिएका “सुन साइली चालीस कटेछी रमाउला” जस्ता गीत लोकप्रिय भएकाछ्न, त्यस्तै भाव भएको “छ्क्का पन्जा” जस्ता सिनेमा हिट भएकाछन, त्यसैले कलम चलाउनेहरु पनि त्यही समवेदना समेटेर बिदेशिनुको पीडा लेख्छ्न, कति आफै भोगेर त कति देखेर वा सुनेर त्यसमाथि खाडीको दुख प्रमुख रुपमा आउँछ, खाडीको घामले पोलेको कुरा गरेरै धेरै साहित्य कृति सृजना भएकाछ्न, कति वास्तविक त कति काल्पनिक ।

त्यही खाडीको घाम बिगत छ बर्ष देखि खाइरहेको एक प्रतिनिधि पात्र गोविन्दलाइ आफुले भोगेको भन्दा अरुले देखेको र लेखेको पिडाले पोल्छ, मानौ उ दुनियाको तमाम दुखी मध्येको एक हो, उसलाइ त्यो दुखले उठ्नै नसक्ने गरि थिचेकोछ ।

केही बर्ष यताको गोविन्दको एकनासे दैनिकी (बिहानै काममा आउनु दिनभरी काम गर्नु, अध्यारोमा फर्कनु, खाना बनाउनु, खानु, सुत्नु र फेरि काममा आउनु) नियमित चलिरहेको छ ।
हिजो आज उ आफ्नै दुखेसोले दिनानुदिन अल्छी बन्दै गएकोछ, तर चालीस कटिसकेको आफ्नो उमेर सोचेर अनियमित अस्तव्यस्त दैनिकी, खानपिन, उठबसले जति बेला पनि रोगले गाज्न सक्छ भन्ने कुराको हेक्का राखि आफुलाइ चुस्त बनाउने प्रयास गरिरहेकोछ । आफ्ना बिहानका नित्यकर्म सकेर सदाझै आज पनि उ काममा निकन्छ, काममा पुगिसके पछि उसका दिनहरु सधै पट्यार लाग्दा हुन्छ्न, मनमा नाना भाती कुरा खेल्छ्न, उसको दुखेसो दिनानुदिन भढिरहेकोछ, झन सामाजिक सन्जालको सहजताले देशको राजनीतीका खबर, यसमा भेटिने विवेध खाले बिचारहरुले उसको दुखेसोलाइ मलजल गर्छ्न, त्यसमथि उ बसिरहेको खाडी मुलुकको पीडा पोखिएका लेख रचनाहरुले उसको बेचैनी ह्वात्तै बढाइ दिन्छ्न, मानौ उसको दुखेसो जायज हो, उ जे सोच्छ ठिकै सोचिरहेकोछ ।

आज आफ्नो बातानुकुलित कर्म कक्षमा यस्तै यस्तै दुखेसाहरु मनमा बोकेर बसिरहेको थियो बाहिर एक भारतिय मुलुकको मान्छे खुट्टा खोच्याउदै पसिनै पसिना भएर आफुतिर आउदै गरेको देख्छ

जसलाइ उ केही बर्ष देखि देखिरहेको हुन्छ, सामान्य परिचित त्यो मानिस उमेरले पचास नाघेकोछ, मधुमेहको रोगी, एउटा खुट्टाका तीन औला त्यही रोगले झरिसकेका हुन्छन, हिड्न गारो भएर स्टिलको पाता भएको जुत्ता लाउछ, रोग बढ्न नदिन दिन दिनै आफैले सुइ घोच्छ, महिनामा केही नभए पनि दुइपल्ट अस्पताल पुग्छ, गोविन्द बाहिर निस्किएर यसो सामान्य औपचारिकता पूरा गर्छ र उसको त्यो दयनीय अवस्था देखि भन्छ,
मित्र ” अझै कति दुख गर्छौ अब त घर गएर आराम गरन”
प्रतिउत्तरमा उसले भन्छ “मेरो अवस्था मलाइ त दुखेको छैन भने तलाइ किन यति सारो दुखेको”
गोविन्द अलिकती खिस्रीक्क हुदै अलिकती हिनताबोधगर्दै भन्छ,
“हेर तिम्रो जस्तो स्वास्थ अवस्था मेरो हुदो हो त म उहिले नै घर गैसक्थे, तिमी भने मालाइ नै दुख्नेगरि आफ्नो यो अवस्थामा काम गरि रहेकाछौ, कम्तिमा आफ्नो स्वास्थको ख्याल गर, अब त विश्राम लेउ, यत्रा बर्ष बिदेशमै बसेर पैसा कामाउने नाउमा आफ्नो यो हालत बनाइ सक्यौ, भोलि ज्याननै तलमाथी भयो भने तिम्रो कुन दुर्दशा हुन्छ कल्पना गरेकाछौ, पैसानै सबै थोक हैन नि”
गोबिन्दको कुरा सुनेर उ भन्छ,
” हो पैसा सब थोक हैन तर पैसा नभएर जीवन पनि चल्दैन, आफुले सकुन्जेल परिवारलाइ बोझ बन्नुहुन्न, सरिरले सकुन्जेल काम गर्नु दुख होइन यसको आनंद बेग्लैछ, म यहाँ बसेर सजिलै आफ्नो उपचार गराउन पाइरहेकोछु त्यो पनि आफैले कमाएर, भोलि म घर गए भने आर्थिक अभाव हुनेछ, मसङ्ग उपचार गराउने पैसा हुनेछैन, आर्थिक अभावले मेरो घरमा कलह हुनेछ, आज म एक जनाले यति दुख गर्दा मेरो परिवारका सदस्य सुखले बाच्न पाइरहेकाछ्न”

गोविन्द बाहिरको तातो घामले पोलिरहेको कुरा बिर्सिएर उसलाइ सुन्दैछ
“भोलि म यहाबाट यो हालतमा गए भने मेरो परिवारको सुख खोसिनेछ, न मेरो राम्रो उपचार नै हुनेछ अनि आज मैले परिवारबाट पाइरहेको सम्मान त्यसमाथि मेरो आत्मसम्मान सब सकिनेछ, अरुले गरेको अपमान त सहन सकिएला” तर “आफ्नै आत्मसम्मान गुमाएर मानिस बाचेर नि मरे सरह हुन्छ”,
“भौतिक दुख आत्मसम्मान गुमाएर बाच्नु भन्दा ठूलो हुनै सक्दैन”,
गोविन्द भाइ “जुन कुरामा त मेरो दुख देख्दैछस त्यो दुख भन्दा कैयन गुना ठूलो दुख मैले भोली घर फर्कनुमा देख्दैछु त्यसले आजको यो मेरो दुख भोलि हुने दुख भन्दा निकै थोरै !!!!
गोविन्द भाइ “जुन कुरामा त मेरो दुख देख्दैछस त्यो दुख भन्दा कैयन गुना ठूलो दुख मैले भोली घर फर्कनुमा देख्दैछु त्यसले आजको यो मेरो दुख भोलि हुने दुख भन्दा निकै थोरैछ, सरिरको दुख भन्दा मनको दुख ठूलो हुन्छ, आखिर मनले माने न हुन्छ दुख, दुख हाम्रो सोच हो, के लाई मान्ने दुख त्यो हाम्रो बुझाइमा निर्भर हुन्छ, म मेरो सरिरले सकुन्जेल काम गर्छु, जुन दिन सकिँदैन त्यो मेरो बसको कुरा हैन”

उसङ्गको यो सम्बादले गोविन्द बाहिर तातो घामको पोलाइ बग्दैगरेका पसिना बिर्सियो, अघि सम्मको उसको छ्टपटी दुखेसो कता भाग्यो कुन्नि बोल्नै नसक्ने भयो, मन मस्तिष्कमा सुन्यता छायो, उसको सामान्य तर सहज प्रतिउत्तरमा एक गहन दर्शन भेट्यो ।
यति वार्तालाप पछि उनीहरु छुट्टिन्छन उ आफ्नो काममा हिड्छ गोविन्द निकै बेर रन्थनिएर सोच्न थाल्छ
“उ म भन्दा कयैनगुणा सम्पन्न आर्थिक राजनैतिक रुपले एसियाकै समुन्नत देश भारतको मानिस, सिधै आकास मुनि खाडिको चर्को घाममा रोगी शरीर बोकेर काम गर्दा पनि दुखीछैन, म यसियाकै गरिब मुलुकको मान्छे, देशमा न कुनै रोजगारीछ, फोहरी राजनीतिले गरि खान दिदैन, रोग लाग्दा सुलभ उपचार पाइदैन, उमेरले पनि उ भन्दा झन्डै दस बर्ष थोरैकोछु, मलाइ कुनै रोग लागेको छैन, म उसको जस्तो खाडीको ठाडो घाममा निस्कनु पर्दैन भित्रै बसेर काम गर्न पाउँदा पनि आफुलाइ सन्सारकै दुखी ठान्छु, मलाइ देशको, समाजको, परिवारको मायाले पोल्छ, आजै भोलिनै काम छोडी हिडौ जस्तो हुन्छ, हेर उ आफ्नो सोचमा कति अडिकछ, आफ्नो कर्मप्रती कति विश्वस्तछ”

गोविन्द उसको अघि आफुलाइ निकै हल्का ठान्छ र सोच्छ “म बेला बेला मा आदर्श र दर्शनका कुरा गर्ने मान्छे मेरो सोचको ब्यबहारिकता कति कम्जोर”
“समाज र देशको भौगोलिकता पर राखी हेर्दा ब्यक्तिको सोच, अनुभुती सबै मानिसमा उस्तै हुदोरहेछ” ।
हेर उसको सोच ब्यक्तिगत स्वाभिमानको बुझाइ आफ्नो कर्मप्रतिको स्पष्टता…
गोबिन्द निकैबेर घोतलिन्छ, आफू सोच्छ, जीवन सोच्छ, जगत सोच्छ अनि आफै देश समाज सोच्छ, आफ्नो देशको राजनीति सोच्छ,
“काम भन्दा कुरा गर्ने हाम्रो बानी आफु एक सिन्को नसार्ने अरुलाइ यो भएन त्यो भएन भन्दै आलोचना मात्र गर्ने, जो आफ्ना ब्यक्तिगत रहर, पारिवारिक चाहानाहरुको बली चढाएर समाजमै बसेर केही गर्न खोज्छ उसलाइ सहयोग गर्नुकोसाटो अविश्वासगर्ने, चर्को आवाजमा आदर्श खोक्दै गालीगर्ने, सानो कुरालाइ ठूलो बनाइ प्रचार गर्ने, बिचार अभियक्तिको हाम्रो माहानता कर्ममा एकचिम्टी नि नदेखिने हरे ! हाम्रो सोचाइ बोलाइ र गराइ बिचको निरिहता”
“हामी जति बोल्छौ त्यसको एक अंस मात्र पनि ब्यहहारमा लागू गर्थ्यौ भने हामी हाम्रो दुखको कारण अरुलाइ देख्दैन थियौ, हामी अरुलाइ गाली गर्नु भन्दा पहिले दस पटक सोच्थ्यौ होला, मैले के गरेकोछु र म बौलौ भन्दै बोल्नु भन्दा नबोली आफ्नो कर्म गर्नुले अर्थ राख्छ भन्ने खै हामीले कहिले बुझ्ने” ?

बाहिर खाडीको टन्टलापुर घाम लागिरहेकोछ, गाडीहरु ओहोर दोहर गरिरहेकाछ्न, कोहि पसिनाले निथ्रुक्कभै काम गरिरहेकाछन, गोबिन्द चिसो हावा फाल्ने एयरकन्डिसमा बसि झ्यालबाट यी सब दृश्यहरु हेरिरहेकोछ, उसलाइ एयरकन्डिसनको चिसो हावाले पनि आगोको रापले झै पोलिरहेकोछ, उकुसमुकुस भैरहेकोछ, मन छटपट्टिएकोछ, प्रदेशको दुख जसले बास्तवमै भोग्छ भन्न सक्दैन, जो भन्न सक्छ उसले भोगेको हुदैन, सोच्दा सोच्दै समय बितेको पत्तो नै भएन साझ परिसकेछ, भारी टाउको गरुङ्गो मन बोकेर गोविन्द आफ्नो बासस्थान तर्फ लाग्छ

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice